तारेकेश्वरमा निर्माणाधीन योजनाहरुको निरीक्षणमा काठमाडौं महानगरपालिका प्रमुख

तारेकेश्वरमा निर्माणाधीन योजनाहरुको निरीक्षणमा काठमाडौं महानगरपालिका प्रमुख

कपन अनलाइन  

काठमाडौँ, कार्तिक १८ ।काठमाडौं महानगरपालिका प्रमुख बिद्या सुन्दर शाक्य सहितको टोलीले तारेकेश्वर नगरपालिकामा काठमाडौं महानगरपालिका संगको साझेदारीमा निर्माण भईरहेको कार्यहरुको योजना अवलोकन गर्नुको साथै तारेकेश्वर   धामको अवलोकन गरेका छन।  तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थली स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज भित्र पर्ने उक्त धामको समेत अवलोकन गरेका हुन।

नगर प्रमुख शाक्य सहित उप प्रमुख हरिप्रभा खड्की प्रमुख कार्यकारी अधिकृत तथा तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोरा कार्यकारी अधिकृत शिव लम्साल, तरकेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष बलराम सिटौला , नगर प्रवक्ता बिदुर सापकोटा सहितका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तारकेश्वरको पांच माने देखि ऐतिहासिक तारकेश्वर मन्दिर जाने सडकमा अहिले पक्की खुड्किला बिश्रामस्थल तथा भ्युटावर बन्दै छ उपत्यका भित्र रहेको धार्मिक एबम पर्यटकीय गन्तब्यको रुपमा समेतपरिचित सो धाम व्यवस्थापनका लागि २ करोड रुपैया बिनियोजन भएको छ। जसको लागि काठमाडौं महानगरपालिकाको तर्फ बाट १ करोड र तारकेश्वर नगरपालिका बाट १ करोड विनियोजन भएको हो ।

अवलोकन पश्चात महानगरका नगर प्रमुख शाक्यले तारकेश्वर धार्मिक तथा पर्यटकीय दृष्टिकोणको महत्वपुर्ण रहेको बताए । काठमाडौं बाट छोटो दुरीमा रहेको तारकेश्वर धाम एक पटक सबैजना पुग्नै पर्ने स्थान रहेको बताउदै  काठमाडौंबासी टाढा टाढा घुम्न जाने तर नजिकमै रहेको यस्ता एतिहासिक ठाउमा घुम्ने प्रवृत्ति कम रहेको भन्दै  नजिकमा  रहेका यस्ता स्थानको प्रवर्धन गर्नको लागि पनि एक पटक घुम्न अनुरोध गरेका छन ।

।काठमाडौं महानगरपालिकाले नगर नगर साझेदारी अभियान संचालन गरेको जस  अन्तर्गत काठमाडौं भित्र रहेका दश वटै नगरपालिका संग साझेदारीमा बिगत वर्ष एक एक करोड को सम्झौता गरेपनि   खर्च नभएको भन्दै यस वर्ष खर्च गर्ने गरि सबै नगरपालिका प्रमुखलाइ अनुरोध गरिसकेको बताए।  उनले काम फटाफट गर्न अनुरोध गर्दै बजेटको लागि चिन्ता नलिना सबै नगरप्रमुखलाइ अनुरोध गरिसकेको  बताए ।

 काठमाडौं महानगरपालिका अरु नगरपालिका भन्दा पुरानो नगरपालिका भएको हुँदा अन्य नगरपालिकाको तुलनामा साधन स्रोत  पनि भएको नाताले छिमेकि नगरपालिकालाइ सहयोग गर्नु उसको दायित्व  र जिम्मेवारी भित्र पर्ने भएकोले सो जिम्मेवारी निर्वाह गरिरहेको बताए ।काठमाडौं बाट नजिकको धार्मिक तथा प्राकृतिक पर्यटनको   प्रचुर सम्भावना बोकेको  सो क्षेत्रको बिकासका लागि महानगरले आगामी दिनमा तारकेश्वर नगरपालिका संग सहकार्य  प्रतिबद्दता ब्यक्त गरेका थिए ।

  तारकेश्वर महादेवको मन्दिरको  नामबाट  तारकेश्वर नगरपालिका नामकरण भएको हुँदा त्यसैको आधारमा  तारेकेश्वर महादेव मन्दिर क्षेत्रमा काम गर्नको लागि काठमाडौं महानगरपालिका  र तारकेश्वर नगरपालिकाको साझेदारीमा दुइ करोड को प्रोजेक्ट बनाएर काम गर्न लागिएको  तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले बताएका छन्

पांचमानेलाइ पनि संग संगै विकास गर्न लागएको जानकारी दिदै भवन बिभाग संग समन्वय गरेर भ्यु टावर ,तारकेश्वर धाम, शान्ति धाम लगायतलाइ समेटर पर्यटकीय केन्द्रको रुपमा विकास गर्न लागि डीपी आर बनाइरहेको प्रमुख  बोहोराले बताएका छन  ।उनले सो डी पी आरको काम अन्तिम चरणमा पुगेको बताउदै सो डी पी आर तयार भए पछि त्यसै अनुरुप नगरपालिकाको क्षमता अनुसार प्याकेज बनाइ निरन्तरता दिने बताए  ।

तपाइँको प्रतिक्रिया ।