काठमाडौं उपत्यकाका सबै पर्वत शृंखलाहरुलाइ पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्छ :योगेश भट्टराई (पर्यटन मन्त्री)

काठमाडौं उपत्यकाका सबै पर्वत शृंखलाहरुलाइ पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्छ :योगेश भट्टराई (पर्यटन मन्त्री)

कपन अनलाइन

काठमाडौं,कार्तिक १८ ।  शंखरापुर नगरपालिकाको आयोजनामा सोमबार  राजनेता एवं विशिष्ठ व्यक्तित्वहरुको उद्यान पार्क निर्माण सम्बन्धमा स्थलगत अवलोकन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कात्तिके देखि  जहरसिंह पौवा सम्मको  करिब ५ हजार रोपनी क्षेत्रफलमा  बन्ने उक्त  पार्क निर्माणको बागमती प्रदेश सरकारबाट ८० लाख र  केन्द्रीय सरकार बाट एक करोडको बजेट व्यवस्थाा गरिएको छ भने आगामी वर्षहरूमा थप बजेट व्यवस्था गरिने भएको छ । बिभिन्न काल खण्डमा परिवर्तनका लागि लडेका राजनेताहरू एवं विशिष्ठ ब्यक्तिहरूको  सालिक सहित उद्यान पार्क बन्न लागेको हो  ।

 शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंह पौवामा आयोजित उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै  संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले जहरसिंहपौवा काठमाडौं उपत्यका भित्रको अत्यन्तै सुन्दर ठाउहरु मध्ये एक भएको बताए । उनले काठमाडौं उपत्यका भित्र घाम प्रवेश गर्ने द्वार पनि सोहि स्थान भएको बताउदै सो ठाउको अनेक ऐतिहासिकता बोकेको सो स्थान कुनै बेला काठमाडौं र तिब्बत संगको व्यापारिकमार्ग समेत रहेकोगुरु रिन्पोचे पद्मसम्भब जो पाकिस्तानमा जन्मिएर तक्षशिलामा पढेर नालन्दामा पढाएको र नेपालमा आइ बसेर  बौद्धदर्शनको प्रचार गर्दै तिब्बत गएको मार्ग पनि सोहि मार्ग भएको बताए ।काठमाडौं आफैमा एतिहासिक ठाउ शहर जुन भौगोलिक हिसाबले पनि दुनियामा यस्तो राजधानी कम ठाउमा होला भन्ने आफुलाई लागेको बताए। उनले सो ठाउलाई अझै राम्रो बनाउन सबै जना लाग्नु पर्ने बताए।

पर्यटन कृषि र उर्जालाई लाइ अर्थतन्त्रको मुख्य आधार मानेको हुँदा पर्यटन नखोसिने नलुटिने  स्थायी सम्रिद्दीको आधार भएको बताए। पर्यटन मन्त्रालयले काठमाडौं उपत्यकाका सबै माथिल्लो डांडाहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्छ भनेर अगाडी बढिरहेको बताए उनले काठमाडौं ललितपुर भक्तपुरका सबै माथिल्ला डांडाहरुलाई एकीकृत गरि त्यो ढंगको मास्टर प्लान सहित डी पी आर बनाउन पर्यटन बिभाग अगाडी बढेको बताए।

 सार्वजनिक बिदाको दिन काठमाडौं उपत्यका को कोलाहल बाट कम्तिमा पनि ५ लाख मानिस काठमाडौंका  डांडामानिस्कनु पर्यो बिदा मानुना पिकनिक ,घुमघाम फिल्म सुटिंग गर्न लगायतको कार्यका लागि मानिस डांडामा आउनु पर्छ त्यसले स्वाभाविक रुपले मान्छे मात्र नघुमी त्यसले त्यहाको आर्थिक क्रियाकलापलाई संगै विकास गर्ने बताए।त्यहाको व्यवसाय बढ्ने हुँदा रोजगार बढ्ने हुँदा  बलियो आत्मनिर्भर अर्थतन्त्र बनाउने दिशामा पर्यटनले योगदान दिने बताए।  उनले त्यही सोचका साथ् यस बर्षको नीति तथा कार्यक्रममा बजेटमा समेटेको बताए । उनले विभिन्न साहित्य जगतका लब्धप्रतिष्ठित ब्यक्ति लगायत  राजनेताहरुको  स्थान  पिच्छे सालिक फरक  भएको हुँदा  यो सबैलाई एक ठाउमा किन नसमेट्ने जो आम नेपालीको मात्र नभई बिदेशी पाहुना समेत नेपाल आउदा एउटा राम्रो तिर्थस्थल बन्न सक्दछन,

 जहाँ  मान्छे जाउँन त्यहा श्रद्दाले शिर झुकुन। त्यसै गरि  अब नया पुस्तालाई नेपालमा गणतन्त्र कसरि आयो नेपालमा २००७ सालको क्रान्ति कसरि भयो ? एतिहासिक घटनाक्रममा  के भएको थियो भन्ने कुरा हाम्रा बिद्यार्थीहरुलाई जानकारी होस भन्ने हेतुले त्यस्ता अध्ययन केन्द्र पनि सोहि पार्कमा  स्थापना गर्नेउदेश्य रहेको बताए। जुन स्थान घुम्ने ठाउ त हुने नै भयो नया पुस्तालाई इतिहासको बारेमा जानकारी समेत दिने केन्द्र हुनेछन    त्यसको लागि यो एउटा घुमे ठाउ त हुन्छ नै भन्ने जानकारी समेत नया पुस्तालाई अध्ययन गर्न ठाउ पनि हुन्छ भन्ने हिसाबले एउटा प्रति मुर्ति पार्कको रुपमा सोच आएको र त्यसको लागि ठाउ खोज्ने क्रममा शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले सो ठाउ प्रस्तावित गरेको पनि जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।