नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पाँचौ कृति ‘आमा, सपना र ताराहरु’ सार्वजनिक

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पाँचौ कृति ‘आमा, सपना र ताराहरु’ सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,पुस १९।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस्तक लोकार्पण गरेका हुन।पोखरेलका संस्मरणहरु संगृहीत ‘आमा, सपना र ताराहरु’ सांग्रिला प्रकाशनले बजारमा ल्याएको हो ।

पुस्तकको भूमिकामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘लेखकले आमालाई गर्नुभएको स्मरणले फेरि एकपटक सबैलाई गहिरो मातृत्व बोध गराएको’ उल्लेख गरेकी छन् ।

पोखरेलका यसअघि पिस्कर दमन र प्रतिरोधको कथा (२०४१), माघ १९ (२०६३), पूर्वको रातो तारा (२०७२) तथा राष्ट्रिय सुरक्षा र नेपाली सेना (२०७७) प्रकाशित भइसकेका छन् ।

ओखलढुंगा जिल्लाको तत्कालिन माम्खा गाविसमा पिता शिव कुमार पोखरेल र माता राम कुमारी पोखरेलका  ८ मध्ये कान्छो सन्तानको रुपमा  २०१० शाल माघ २२ गते जन्मिएका पोखरेल नेकपा माले र मार्क्सवादीको एकीकरण पछी बनेको नेकपा एमालेका पनि संस्थापक नेता हुन ।

२०२५ शाल बाट राजनीतिक आन्दोलनमा सहभागी भै २०३२ शाल देखि भूमिगत राजनीति सुरु गरेका पोखरेलले २०२७ शालमा रु ५ तिरी पार्टीको सदस्यता प्राप्त गरेका थिए ।त्यस समय पोखरेल नेपाल कम्युनिस्ट पार्टी (पूर्वी कोशी प्रान्तीय कमिटि ) को सदस्य बनिसकेका थिए ।२०२६ शालमा भारतले गरेको नाकावन्दीको विरोध गर्दा उनि १ महिना हिरासतमा समेत परेका थिए ।

२०२७ शालमा प्रवेशिका परिक्षामा सफल भएका पोखरेल प्रविणता प्रमाण पत्र तह र स्नातक तहमा अध्ययनरत समयमा पनि विद्यार्थी आन्दोलनमा सक्रिय रहेका थिए । उनि २०३३ शाल असोज ७ गते अखिल नेपाल क्रान्तिकारी को अर्डिनेसन केन्द्र (माले ) को केन्द्रिय सदस्य बनेका थिए ।

तत्कालिन नेकपा मालेका संस्थापक सदस्य रहेका पोखरेल नेकपा एमालेको ८ औ र ९ औ महाधिवेशनमा नेकपा एमालेको महासचिव पदमा निर्वाचित भएका थिए ।२०५१ शालमा बनेको नेकपा एमालेको सरकारमा तत्कालिन प्रधान मन्त्रि मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार रहेका पोखरेलले अधिकारीको निधन पश्चात भएको उप चुनावमा काठमाडौं जिल्लाको तत्कालिन क्षेत्र नं ३ बाट सांसद बनेका थिए।

शिक्षा र साहित्यमा त्रिभुवन विश्व विद्यालय बाट स्नातक गरेका पोखरेल तत्कालिन रास्ट्रिय सभाको सदस्य रहेसकेका छन भने उनि नेकपा एमालेको पहिलो बरिष्ठ उपाध्यक्ष हुन्।

तपाइँको प्रतिक्रिया ।