तीन तहकै सहकार्यमा राजनेता उद्यान निर्माण हुनेछ :रामेश्वर फुयाल ( भौतिक पुर्वाधार विकास मन्त्री बागमती प्रदेश )

तीन तहकै सहकार्यमा राजनेता उद्यान निर्माण हुनेछ :रामेश्वर फुयाल ( भौतिक पुर्वाधार विकास मन्त्री बागमती प्रदेश )

कपन अनलाइन

काठमाडौं, कार्तिक १८ ।  शंखरापुर नगरपालिकाको आयोजनामा सोमबार  राजनेता एवं विशिष्ठ व्यक्तित्वहरुको उद्यान पार्क निर्माण सम्बन्धमा स्थलगत अवलोकन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कात्तिके देखि  जहरसिंह पौवा सम्मको  करिब ५ हजार रोपनी क्षेत्रफलमा  बन्ने उक्त  पार्क निर्माणको बागमती प्रदेश सरकारबाट ८० लाख र  केन्द्रीय सरकार बाट एक करोडको बजेट व्यवस्थाा गरिएको छ भने आगामी वर्षहरूमा थप बजेट व्यवस्था गरिने भएको छ । बिभिन्न काल खण्डमा परिवर्तनका लागि लडेका राजनेताहरू एवं विशिष्ठ ब्यक्तिहरूको   सालिक सहित उद्यान पार्क बन्न लागेको हो  ।

 शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंह पौवामा आयोजित उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै  बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालले आयोजकलाइ धन्यबाद दिदै उक्त स्थानमा गणेशमान पार्क घुन्सा पार्क वा सहिद पार्क सहित खेल मैदान सूचना केन्द्र को समेत ब्यबस्था हुने गरि पार्क हुनु पर्ने र उक्त पार्कको लागि प्रदेश सरकारको पनि सहभागिता रहने  बताए। संसारका दश वटा सुन्दर  ठाउहरु मध्ये शंखरापुर नगरपालिकाको जहरसिंह पौवा पनि एक होला जस्तो आफुलाई लागेको बताए। उनले सो स्थानको प्रचार प्रसारमा अझै पनि कमि भएको महसुस गरेको बताउदै उक्त ठाउमा प्रकितिक, भौगोलिक,ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको स्थानहरु थुप्रै भएको हुँदा त्यसको उजागर गर्नुपर्नेमा जोड दिएका थिए । उनले त्यसो गरेको खण्डमा सो स्थानलाइ थप सुरम्य बनाउन सकिने बताए।  “आवश्यकताले होला ,भृकुटी यहि बाटो डोली चढेर चीन गइन त्यो  मित्रताको बाटो थियो”  उनले भने  ।

सो क्षेत्रलाई पर्यटकीय हिसाबले अगाडी बढाउनको लागि धेरै वर्ष अघि देखि सपना देखिरहेको बताए ।उनले स्मरण गर्दै भने “राजनेता मदन भण्डारी संगै निर्वाचनमा आउदा तल पट्टि रेशम खेतीको लागि बनाएको बनको नर्सरीमा बसेर फड्केश्वर सम्मको बाटोको परिकल्पना गरेका थियौ, यो पटक केहि दिन अघि मात्र त्यो बाटोको टेन्डर  भएको र एक पटक काम भए पछि पुन थप काम भएको पनि जानकारी गराए। त्यतिबेला गरेको परिकल्पना पुरा हुने दिशामा अघि बढेको देख्न पाउदा खुसि लागेको बताए। उनले त्यसै गरि आज पुन पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल संग बसेर सपना बनाउन पाइएको छ , त्यो पनि अवश्य पुरा हुन्छ  उनले भने ।

बिगतको अफ्ट्यारो अवस्था बाट आजको अवस्था सम्म आइपुग्दा धेरै परिवर्तन भएको र थप परिवर्तन गर्न बाँकी रहेको बताउदै जसरि  राष्ट्रिय झण्डा फहरीरहेको छ, त्यसै गरि साझा ढंगले अभियानहरु अघि बढ्ने उनले बताए।उनले कवाड संकलन बाट कागेश्वरीमा अष्ट धातुको बिशाल काग निर्माण भयो बागद्वार सुन्दरीजलमा बागको प्रतिमाको लागि समेत कवाड संकलन भइ काम अघि बढेको जानकारी दिदै जहरसिंह पौवामा समेत राजनेताहरुको प्रतिमा निर्माणको लागि इन्द्रावती किनार देखि राष्ट्रिय झण्डाको साथमा  जनता संग कवाड संकलन गर्ने अभियानमा साथ दिन अनुरोध  सहित  जनता जागे सबै सम्भब हुने बताए ।

तपाइँको प्रतिक्रिया ।