भू स्वर्ग नेपाल यो : ओमप्रसाद कोइराला (कविता )

भू स्वर्ग नेपाल यो : ओमप्रसाद कोइराला (कविता )

कपन अनलाइन

काठमाडौं ,कार्तिक ७ ।

लाखौं पर्वत छन् हिमालचुचुरा अग्ला यिनै टाकुरा
नौलो लाग्छ म हेर्छु यो जमिनका मौलाउने आँकुरा
नाना रङ्ग बिरङ्गका कुसुमले यो देश नै चंकियो
हेर्नै पर्छ रमाइलो मन हुने भू स्वर्ग नेपाल यो ।

डाँफे नाच्छ रमाउँदै जब यहाँ राम्रो भयो जङ्गल
नाच्दा पङ्ख फिजाउँदै मयुरले भोमङ्गलै मङ्गल
स्रष्टा सिर्जन तर्फ व्यस्त रहँदाआदर्शता देखियो
मोती फल्छ फलाउने मन भए भू स्वर्ग नेपाल यो ।

भmर्छन् सुन्दर लेकबाट झरना यी फाँट मैदानमा
माटो उर्वर बन्छ जाँगर भए यो देश नेपालमा
बारी खेत हराभरा भइ गरा सुरंम्यता देखियो
साच्चै स्वच्छ सफा छ विश्व भरमा भू स्वर्ग नेपाल यो ।

देखिन्छन् बनमा अनेक थरिका अर्ना कतै बाँदर
सारा जङ्गलनै निबास गरने निर्माणकै यो थल
देवीका मठ मन्दिरादिहरुले स्व धर्म प्यारो भयो
मान्छेको मन लोभिने छ सहसा भू स्वर्ग नेपाल यो ।

हजारौं जल स्रोतले सकलको मैलो पखालीदियो
भ्रष्टाचार हटाउँदै अवयहाँबल्ला सुनौलो दियो
सेतो शुद्ध हिमालको लहरले सुसभ्यता देखियो
नेपालीपहिचान सुन्दर हुने भू स्वर्ग नेपाल यो ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।