बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,कार्तिक ७।

बागमती  प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । केही दिन अगाडिदेखि सामान्य रुघाखोकी देखिएपछि सुरक्षा मापदण्ड अपनाएर होम आइसोलेशनमा रहेका पौडेललाई सङ्क्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्रीसँगै उनकी पत्नी, एक जना सुरक्षाकर्मी, दुई जना चालक र एक जना कार्यालय सहयोगीमा बिहीबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए ।

मुख्यमन्त्री पौडेल, उनकी धर्मपत्नी, चालक र सुरक्षाकर्मी सबै जना सुरक्षितसँग होम आइसोलेशनमा रहेका छन् । कोरोना पुष्टि भए पनि धेरै ठूलो समस्या भने नभएको सचिवालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।