आकाश छ रङ्गमञ्च झैँ : त्रिलोचनआचार्य (छन्द कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक ७।
भनेर आकाश छ रङ्गमञ्चझैँ
परेडमा वादल जान्छ रे सधैँ
विशाल छन् दृश्य अनेक झल्झली
छ खेल हेर्दै धरती ढलीमली ।१।
छ घामको प्रेम अपार नै त्यहाँ
छ प्यार तारागणको सधैँ त्यहाँ
र जून मुस्काउँछ कान्तिले खुली
विचित्रताखोल्दछ साँझगोधुली ।२।
न देख्छु मैले सब त्यो बसीयता
न चित्र कोर्नै छ सफामसीतथा
न बन्छ मीठो कविता घरीघरी
गरौँ कसोरी रचना सरीबरी ।३।
छरी सधैँ वादलले कलात्यहाँ
र फेरिइन्छन् कसरी पलात्यहाँ?
बसेर मैले किनभन्नु यो बुझेँ ?
बनेर बाठो म त्यसै कहाँकुदेँ ? ।४।
भनेर बाँचुन् जल क्यै दियो छरी
सुरम्य पर्दा दिन रातको गरी
भ¥यो अहो ! जादु त्यहाँ बसेर को ?
छ प्रश्न मेरो भनलौ न विज्ञ हो ।५।
नियाल्छु नीलो तहत्यो कताकता
नपाउँने भेउ कतै कुनै म ता
उडेर केही त बुझेँ भनुन् चरी
विचारको सार पुरा हुने गरी ।६।
सके त जान्थेँ म त्यहाँ रमाउँदै
सरक्क त्यो इन्द्रधनु समाउँदै
रहेन मेरो नभत्यो छुने बुता
परन्तु राखेँ मन खोल्न धृष्टता ।७।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक