Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/122140167_2879814695580106_4095362958357820102_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर युवा उपकार क्लबले आज आकस्मिक रक्तदान गर्ने

कपन अनलाइन 

काठमाडौँ, असोज ७।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

 कोरोना भाइरस महामारीको को कारण रक्त संचार केन्द्रमा रगत अभाब नहोस भन्ने मूल उदेश्य सहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी गराए ।उनले  प्रत्येक वर्ष बडा दशैँको अवसरमा क्लबले वडा दशैँ कप गर्दै आइरहेको मा यस पटक कोरोना संक्रमणको जोखिमको कारण सो प्रतियोगिता स्थगित गरे संगै क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत आज फूलपातीको दिनमा बिभिन्न संघ संस्था संगको सहकार्यमा  रक्तदान कार्यक्रम  आयोजना गर्न लागिएको प्रष्ट पारे ।

बिहान १० बजे देखी दिउसो १ बजे सम्म क्लब भवन परिसर गोकर्णेश्वर ४ मा सुरक्षित तवरले आयोजना हुने उक्त कार्यमा सहभागी भई स्वस्थ व्यक्तिले रक्तदान गर्न पनि अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।