Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/1.jpeg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोल्डेन पिक हाई स्कुललाई ब्रिटिस काउन्सिल अन्तर्राष्ट्रिय अवार्ड प्राप्त

कपन अनलाइन

काठमाडौं ,कार्तिक ५

ब्रिटिस काउन्सिल आइ.एस.ए.(International School Award)कार्यक्रम अन्तरगत सरस्वतीनगर, चावहिल, बौद्ध स्थीत गोल्डेन पिक हाई स्कुललााई अन्तिर्राष्ट्रिय स्कुल अवार्डले सम्मान गरिएको छ ।

एक्साइसौं शताब्दीमा शिक्षामा नविनतम तरिकाका साथ विश्वव्यापीकरणलाई पछ्याउदै गोल्डेन पिकले आफ्ना विद्यार्थीहरु र शिक्षकहरुलाई विभिन्न देशहरुसँग सहकार्यको माध्यमबाट शिक्षण सिकाइ गराउदै आएको छ ।

यसै क्रममा विभिन्न मुलुकहरुसँग विभिन्न परियोजनाहरुमा सहकार्य गर्ने क्रममा ब्रिटिस काउन्सिलबाट यो अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्रदान गरेको   हो । संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु बिच पनि सहकार्य गरिएको थियो भने यु.के., अमेरिका, भारत, वंगलादेश, फ्रान्सका विद्यालयहरुसँग पनि विभिन्न परियोजनामा सहकार्य गरिएको आइ.एस.ए. कोअर्डिनेटर तथा डिपुटी प्रिन्सिपल भानदेव कपाडीले बताएका छन  ।

विद्यालयमा नविनतम परियोजनाहरु तयार गरेर राष्ट्रिय पाठ्यक्रम भित्रै रहेर बालबालिकाहरुलाई आत्मनिर्भर, नेतृत्वदायी भुमिका निर्वाह गर्ने सीप र क्षमताको विकास यस्ता कार्यक्रमहरुले बढाउने परियोजना शिक्षक मेहराज अन्सारीले बताए।

हाल कोरोनाको महामारीमा पो यो अनलाई कक्षा सबैतिर लागु भयो तर हामीले यसै परियोजना मार्फत विभिन्न विद्यालयहरुसँग देश विदेशमा अनलाइन कक्षा गरेको  आइटी अफिसर अनिलमणि गजुरेलले बताएका छन  ।

यो अन्तर्राष्ट्रिय अवार्डले आफूलाई शिक्षा क्षेत्रमा अझ बढी मेहनत गर्न पर्ने दायित्व थपेको महशुष भएको छ साथै यो सम्मानको हकदार यस विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी भाइ बहिनीहरु, अभिभावकज्यूहरु र आइटी विभाग, कोअर्डिनेटर र सम्पूर्ण विद्यालयका कर्मचारी र परिवार रहेको  प्रिन्सिपल छत्रमणि राईले बताएका छन  ।

 

तपाइँको प्रतिक्रिया ।