नेपालबाट फुत्किए, चीनमा समातिए

नेपालबाट फुत्किए, चीनमा समातिए

कपन अनलाइन

काठमाडौं ,कार्तिक ५।
असोज २४ गते शनिवार राती नेपाल अध्यागमन पार गरेर सिजेड ६०६८ नम्बरको उडानबाट ग्वाङ्ग्झाउतर्फ प्रस्थान गरेका दुई नेपाली यात्रु कोरोना संक्रमित पुष्टि भएपछि चिनियाँ प्रशासनले ३० र ३८ बर्ष उमेरका तिनलाई समातेर अस्पताल भर्ना गरेको छ । आफ्नो देशबाट शुरु भएको यो रोग आफैले बल्लतल्ल नियन्त्रण गरेकोमा राहत महसुस गरेका चिनियाँहरु यो घटनापछि थप चिन्तित, सशँकित बनेका छन् । छिमेकी नेपालप्रति रहँदै आएको भरोसामा यो घटनाबाट आँच पुग्नसक्ने बताइन्छ ।

उनीहरूको सोधाइ छ– स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगरी नेपालका आधिकारिक निकायहरुले कोरोना संक्रमितलाई किन प्लेन चढ्न दिए ? जहाजमा अरु यात्रुलाई यो रोग सरेन या सर्न सक्दैन भन्ने के ज्ञारेण्टी ? दुई, चार हजार नगदको लोभमा विमानस्थलका कर्मचारीले यस्तो बदमासी गर्ने भएपछि नेपाल वायुसेवा निगमको जहाजलाई चाइनामा उडान अनुमति कसरी दिन सकिन्छ ?सामाचार साभार : जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।