मुक्तक आदि : विष्णुबहादुर सिंह (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक १ ।
क) मुक्तक
सत्याग्रह उनको द्दृढता हो जस्तै जब्बर फलाम
बन्दैनन् उनी कसैको कहिले जीवनभर कसैको गुलाम
आफ्नो ज्यानको बाजि राख्नै दुःखी जनताको लागि हिँड्ने
डा.गोविन्द के.सी.लाई मुरीमुरी बारम्बार सलाम ।
ख) हाइकु
स्वास्थ्य र शिक्षा
के.सी.को सत्याग्रह
सत्यको जीत ।
ग) तान्का
सत्याग्रहको
उन्नाइसौं पटक
अनसनमा
के.सी.का सपनामा
लालित्यता देखिन्न ।
घ) सेदोकाः
गोविन्द के.सी.
जुम्लामाअनसन
विचित्र सरकार
कानमा तेल
बहिरो भएको झैँ
कति खेदजनक?
ङ) डोडोइट्सुः
समर्थनमा जुटौं
माफियाको चँगुल
भण्डाफोर गरेर
विजयपथ ।
च) बुसोकुसेकिकाः
असह्य पीडा
छातीभित्र बोकेर
गाउँगाउँमा
धाइरहने मान्छे
चिनिराखौं सबैले
ऊ गोविन्द के.सी. हो ।
छ) चोकाः
के.सी. को माग
जनताको पक्षमा
उर्लिँदैछन्
सरकारमा बस्ने
बहिरो भई
कानभित्र कपास
कोचेर लठ्ठ छन् ।
ज) सिजोः
शिक्षाको मागसँग जनताको रोदन छ
निशुल्क स्वास्थसँग बिरामीको प्रश्न छ
के.सी.को मानवतामा सरकार क्रुर छ
झ) बिम्बः
माफिया
होसियार
के.सी. जाग्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक