जनउद्दार मावी चुनिखेलको व्यवस्थापन समिति अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ

कपन अनलाइन

काठमाडौं ,असोज २३।

जनउद्दार मावी चुनिखेलको व्यवस्थापन समिति अध्यक्षमा वडा नं १३ का वडा अध्यक्ष  श्रीकृष्ण श्रेष्ठ चयन भएका छन। अध्यक्ष श्रेष्ठ संगै विद्यालय व्यवस्थापन समितिमा धर्म श्रेष्ठ, रिना श्रेष्ठ, राम दास श्रेष्ठ ,लक्ष्मी श्रेष्ठ ,बुद्दीचन्द्र श्रेष्ठ, राजन महर्जन ,अन्जु श्रेष्ठ र  विद्यालयका प्रधानाध्यापक  हरेराम खत्री चयन भएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ गाम्चामा रहेको सो विद्यालयको भौतिक ,शैक्षिक र प्रसासनिक सुधारलाई प्राथमिकतामा राखेर नगरपालिका कै नमुना विद्यालय बनाउने अध्यक्ष श्रेष्ठले बताएका छन।

वडा नं १३ को नौलिन भद्रकाली मन्दिर संगै रहेको विद्यालयले नियमित शैक्षिक गतिविधि संगै विभिन्न रचनात्मक गतिविधि पनि गर्दै आएको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।