रोजगार संयोजक चयनमा धादली भएको भन्दै चम्पादेवी गाउँपालिकामा प्रदर्शन

रोजगार संयोजक चयनमा धादली भएको भन्दै चम्पादेवी गाउँपालिकामा प्रदर्शन

कपन अनलाइन

ओखलढुंगा ,असोज २३।

रोजगार संयोजक चयनमा धादली भएको भन्दै स्थानीय युवाहरुले  चम्पादेवी गाउँपालिकामा प्रदर्शन गरेका छन। नेपाल सरकारले आव्हान गरेको रोजगार संयोजकको पदका लागि  २०७७ असोज २१ गते लिएको लिखित परिक्षामा धादली भएको भन्दै गाउँ पालिका भवन अगाडी स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन।

यस्तै सो पदमा भएको लिखित परीक्षाको प्रश्न चुहावट गरिएको भन्दै नेकपा चम्पादेवीले एक बिज्ञप्ति जारी गरेर पदपूर्ति समितिका संयोजक रामेश्वर पोखरेल र समितिका सदस्यहरु माथि धादली गरेको आरोप लगाएको छ।

नेकपा चम्पादेवीले सो पदपूर्तिमा आर्थिक चलखेल समेत भएको गम्भीर आरोप लगाउदै पुन: लिखित परिक्षा संचालन गरेर योग्य उम्मेदवार छनौट गर्नका लागि माग गरेको छ ।

नेकपा चम्पादेवीको बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।