टोखा नगरपालिकामा कोरोना संक्रमित शंख्या ११७६ पुग्यो

कपन अनलाइन

काठमाडौं ,असोज २३/नविना श्रेष्ठ

टोखा नगरपालिकामा कोरोना सङ्क्रमित सख्या बढेर ११७६ जना पुगेको छ। जस मध्ये कोरोना भाइरस संक्रमण भएका महिला सख्या भने ५११ जना रहेको र पुरुष सख्या ६६५ जना रहेका छन्।
हाल सकृय संक्रमित सख्या ४३२ जना छन्। भने निको हुनेको संख्या ७३९ जना रहेको र मृत्यु हुनेको संख्या ५ जना रहेका छन्। कोरोना संक्रमण पुष्टि भएका संक्रमित होम आइसोलेसनमा बसेका मध्य ३५९जना रहेका छन्। भने अस्पतालमा ५५ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
असोज २१ गरेको वडा गत विवरण अनुसार थप भएका संक्रमित महिला सख्या २१ जना रहेको र पुरुष सख्या ३८ जना रहेको मा जम्मा संक्रमित सख्या ५९ जना पुष्टि भएको छ। होम आइसोलेसनमा ४६ जना रहेको र अस्पतालमा ९ जना रहेका छन्।
CICT Team ले ५९ जना नयाँ संक्रमित हरुले case Investigation गरेको छ। हिजो २१ गते Isolation केन्द्र मा जम्मा १ जना डिस्चार्ज भएको र १ जना नयाँ थप संक्रमित भर्ना भए सँगै जम्मा संक्रमित सख्या १७ रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बताएकी छन।
तपाइँको प्रतिक्रिया ।