साँखु-फटकेश्वर-बाहुनेपाटी सडक निर्माण (मनमोहन मार्ग ) निर्माण शुभारम्भ

साँखु-फटकेश्वर-बाहुनेपाटी सडक निर्माण (मनमोहन मार्ग ) निर्माण शुभारम्भ

कपन अनलाइन

काठमाडौं असोज २२ साँखु- फटकेश्वोर- बाहुनेपाटी सडक (मनमोहन मार्ग ) निर्माण सुभारम्भ भएको छ।पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा साँखु – फट्केश्वोर -बाहुनेपाटि  सडक( मनमोहन मार्ग) को निर्माण कार्यको सुभारम्भ भएको छ |

शंखरापुर नगरपालिकाको आयोजनामा सम्पन्न उक्त  कार्यक्रममा  पूर्व  कानुन मन्त्रि तथा नेकपा युवा नेता शेरबहादुर तामाङ , बाग्मती प्रदेशका  संसद मणिराम फुयाल तथा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल,उपप्रमुख भगवती नेपाल शंखरापुर नगरपालिका उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ  जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख किष्ण गोपाल तामाङ,महानगरीय प्रहरी साँखुका प्रमुख ,प्रहरी निरीक्षक जानुका खरेल, निर्माण व्यवसायीका तर्फबाट रौता भगवती कमलजित जेभीका भिम श्रेष्ठ  तथा विभिन्न राजनितिक दलका प्रतिनिधि तथा आम जनसमुदायको उपस्थिति थियो  | बिहिबार बिहान जहरसिंहपौवा बजारमा भएको सो कार्यक्रमको अध्यक्षता शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले गरेका थिए।

कार्यक्रममा शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले स्वागत मन्तब्य राख्दै कार्यक्रम उदेश्य माथि प्रकाश पारेका थिए  उनले लामो समयको प्रयस पछि सो काम सम्भब भएको भन्दै सो काममा अहोरात्र खटिनेपुर्व प्रधानमन्त्री माधव  कुमार नेपाललाई जनप्रतिनिधिको रुपमा पाउनुले नै सो काम सम्भव भएको बताए। उनले जनताले काममा खबरदारी गरिरहनुपर्ने भन्दै सडकलाई गुणस्तरीय बनाउन आम जनसुदायको प्रत्यक्ष निगरानी रहनुपर्नेमा जोड दिएका थिए।

 करिव १३ किलोमिटर लम्बाई रहेको यस सडकमा आर्थिक बर्ष  २०७७/ ७८ मा  बहुबर्षे योजनाका लागि करिव ३५ करोड बराबरको ठेक्का निस्किएको काठमाडौँ,  सडक  डिभिजनका  इन्जिनियर रामचन्द्र फुयालले जानकारी गराए। उनका अनुसार   १० मिटर फराकिलो हुने उक्त सडक  करिव ७ मिटर चौडामा  (असफाल्ट पिच )कालोपत्र हुने  बताए | यो सडक सम्पन्न भएपस्चात  सिन्धुपाल्चोक जिल्लाका जोडने सबैभन्दा छोटो  दूरीको यो सडक बन्ने छ।

यस सडकमा बजेट सुनिस्चितताका लागि पूर्व प्रधानमन्त्री  माधव कुमार नेपालको नेतृत्वमा पुर्व  कानुन मन्त्रि तथा नेकपा युवा नेता शेरबहादुर तामाङ्ग,शंखरापुरका मेयर सुबर्ण श्रेष्ठ तथा यहाका  सामाजिक अगुवाहरुले लामो समयदेखि मेहनत  गरेका थिए| यससंगै यो सडकमा करिव ६० करोडभन्दा बढी बजेट बिनियोजन भैसकेको छ|

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा  बोल्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोना संक्रमण रोकथामको लागि सबैजना एकजुट भई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन हेल्च्याक्राई गर्न नहुने बताउदै  सडक निर्माण सुभारम्भले सो  क्षेत्रका जनताको लामो समयदेखिको सपना पुरा भएको  बताए। उनले  जनताले निगरानी गरेको सडक दिगी गुणस्तर हुने भन्दै  स्थानीयलाई बारम्बार कामको अनुगमन गर्न अनुरोध गरेका थिए |

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै   पूर्व कानुनमन्त्रि शेरबहादुर तामाङ्गले यस सडकमा बजेट सुनिस्चितताका लागि लाग्ने सबैलाई धन्यबाद दिदै   छापभन्ज्याङ्ग देखिको बाँकी करिव ५ किलोमिटर सडक निर्माणका लागिपनि  सबै लागिरहेको बताए | उनले जहरसिंह पौवामा पनि आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

 त्यसैगरि  बागमती प्रदेश संसद मणिराम फुयालले अब यस  क्षेत्रको मुहार फेरिने बताउदै सडक निर्माणको क्रममा गुणस्तरमा कसै संग सम्झौता गर्न नहुने बताए ।  उनले सडकलाई गुणस्तरीय बनाउन आम जनसुदायको प्रत्यक्ष निगरानी रहनुपर्ने बताए |

तपाइँको प्रतिक्रिया ।