टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोललाई कोरोना संक्रमण

टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोललाई कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,असोज २३।

टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोललाई कोरोना संक्रमण भएको छकोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अभियानमा सक्रिय रहेकी डंगोलको असोज २२ गते PCR नतिजा पोजिटिभ आएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि नगर उप प्रमुख ज्ञानमायाँ डंगोलले फेसबुकमा मार्फत् आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन। 

सोमवार घाँटी दुखेर अलि कमजोरी महसुस भएर परिक्षण गराउदा पोजिटिभ नतिजा आएको बताउदै उपप्रमुख डंगोलले बुधबार बिहान ४ बजेदेखी टाउको दुख्यो र बान्ता भएको जानकारी आफ्नो सामाजिक संजाल मार्फत दिएकी छन। 

डंगोलको सन्देस :

“कोरोना भनेको सामान्य होइन है नगरबासीहरु सुरक्षित हुनु अत्यन्त जरुरी छ मैले सुरक्षा अपनाउदा अपनाउदै पनि मलाइ पोजेटिभ भयो । घाँटी दुखेर अलि कमजोरी महसुस भएर सोमबार टेस्ट गरेको थिए। बुधबार बिहान ४ बजेदेखी टाउको दुख्यो र बान्ता पनि भयो र आजसम्म पनि टाउको भारी भैरहेको छ। कसैलाई नगरपालिकाको कामले केही अप्ठ्यारो पर्यो भने फोन गर्नु होला म हेरेक क्षणमा तपाइहरुको साथमा छु। घरमा बसि आफुले गर्न मिल्ने कार्य र सहकार्य गर्न प्रतिबद्ध छु।”

तपाइँको प्रतिक्रिया ।