म निरन्तरताबाट हैन क्रमभङ्ग गरेरै बालउद्दार माविको अध्यक्ष बनेको हु : धुर्वप्रसाद घिमिरे

म निरन्तरताबाट हैन क्रमभङ्ग गरेरै बालउद्दार माविको अध्यक्ष बनेको हु : धुर्वप्रसाद घिमिरे
कपन अनलाइन
काठमाडौं ,असोज २२।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बालउद्दार मावीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुर्व प्रसाद घिमिरेले आफु निरन्तरताबाट हैन क्रमभङ्ग गरेरै बाल उद्दार माविको अध्यक्ष बनेको बताएका छन।
पटक पटकका निस्कर्ष बिहिन बैठक,छलफल र  प्रयास सफल बन्न सककेपछी धेरैको अनुमान र विश्लेषणलाई गलत सावित गर्दै अप्रत्याशित रुपमा सो विद्यालयको अध्यक्ष बनेका घिमिरेले राजनीतक दलको बिल्ला भिरेर दलगत रुपमा नियुक्त भएका सहायक प्रधान अध्यापक परिवर्तन गर्ने ,विद्यालयमा कार्यरत तर निजि विध्यालयमा लगानी र जिम्मेवारी भएका ७ शिक्षकलाई अतिरिक्त जिम्मेवारी नदिने जस्ता निर्णय गर्दा निर्णय गर्दा अनावस्यक विवाद सिर्जना गर्न खोजिएको बताएका छन।
त्यस्तै विद्यालयको शैक्षिक र प्रसासनिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुलाई आफ्ना छोराछोरी आफ्नै विद्यालयमा पठन पाठन गराउनु  पर्ने भन्दै  वडा नं १० की सदस्य तथा  व्यवस्थापन समितिकी सदस्य दिलकुमारी विक र एक  शिक्षक सहित  कक्षा ११ मा आफ्नी छोरी भर्ना गरेर सो अभियान शुरु गरेका घिमिरेले स्थायी दरवन्दी नै बढी रहेको अवस्थामा निजि श्रोतका शिक्षक राख्दा  अनावस्यक व्ययभार बढ्ने भन्दै ४ जना शिक्षकलाई १ वर्ष वरावरको पारिश्रमिक दिएर विदा गर्ने निर्णय गरेका थिए।
कपन क्षेत्रमा राजनीतिक,सामाजिक र व्यक्तिगत प्रभाव देखाउने स्थल बन्नुका साथै विगतमा व्यवस्थापन समितिका कतिपय जिम्मेवार व्यक्तिहरुका आफन्त र राजनीतिक रुपमा नजिक रहेका व्यक्तिहरुको भर्ति केन्द्र बनेको सो विद्यालयमा आउने वित्तिकै विरोध र ज्ञापन पत्रको बाढी सामना गरेका घिमिरेले आफ्नो सामाजिक संजाल मार्फत सन्देस लेख्दै बालउद्दारलाई नमूना विधालय बनाउन सहयोगका लागि अपिल गरेका छन।
विधालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेको सन्देस :
के नेपाल सतिले सरापेकै देश हो ?
१) २०७७ साउन २५ गते अपरान्ह बूढानीलकण्ठ-१० स्थित बाल उद्दार माध्यमिक विधालयको दशौ अध्यक्षको रूपमा प्राप्त गरेको जिम्मेवारी मेरो जीवनकै पहिलो सार्वजनिक जिम्मेवारी हो ।
२) मेरो आगमन विधालयमा धेरैको लागि अप्रत्याशित थियो । म निरन्तरताबाट होईन, क्रम भङ्ग गरेरै आएको थिए ।
३) कपन क्षेत्रमा बसेको १५ वर्षभन्दा बढी हुँदा पनि प्राविधिक कारणले धेरैको नजरमा स्थानीय बन्न सकिन ।
४) म कुनै पार्टीको जिम्मेवार कार्यकर्ता भएपनि विधालय हाताभित्र प्रवेश गरेपछि मैले राजनीतिको एक शब्द उच्चारण गरेको छैन । विचारको आधारमा कसैमाथि कुनै किसिमको विभेद गरिएको वा गर्न दिईएको छैन ।
५) अध्यक्षको जिम्मेवारी प्राप्त गरेपछि मेरो अध्यक्षतामा बसेको पहिलो र वर्तमान व्यवस्थापन समितिको दोस्रो बैंठकले राजनीतिक भागबन्डाको आधारमा ४ जना प्र.अ. फेरिदा पनि नफेरिएका ३ पार्टीका सहायक प्रधानाध्यापकहरु खारेजी गरि विधालय भित्र राजनीतिको भागबन्डा अन्त्य गर्ने प्रयास गरेकै हो ।
६) विधालयमा स्थायी, दरबन्दी र राहतमा नेपाल सरकारबाट तलब खाने ७ शिक्षकहरू अहिले पनि निजि विधालयको अध्यक्ष, संचालक वा शेयरधनी भई हाम्रै विधालयमा कार्यरत हुनुहुन्छ ।
७) विधालयले अतिरिक्त जिम्मेवारी दिनुपर्ने भएमा त्यस्ता शिक्षकहरूलाई नदिने निर्णय गरियो । त्यस्तो अवस्थामा प्र.अ.द्वारा १६ औं बैठकमा आन्तरिक कार्य विभाजन गर्न प्रस्तुत गरि बैठकद्वारा अनुमोदित थप जिम्मेवारीमा निजि विधालयका संचालकहरु बन्चित हुनुपर्यो ।
८) विधालय व्यवस्थापन समितिको बैठकले लकडाउनको अवधिमा विधालयबाट अतिरिक्त सुविधा लिईरहनु भएका दर्जन जत्ती शिक्षकहरूको सुविधा कट्टा गर्यो । कामै नगरी प्राप्त अतिरिक्त सुविधा गुमाउँदा धेरैको तलबी सुविधा घट्यो ।
९) विधालयको वर्तमान पोशाक परिवर्तन गरि ३ जोर बनाउने निर्णय गरियो । जसले गर्दा अब बालउद्दारमा पढ्ने विधार्थीहरु सरकारी विधालयको प्रचलित पोशाक भन्दा फरक हुने भए । ३ जोर पोशाक किन्न सबै अभिभावकहरुलाई गाह्रो पर्ने अनुमान गर्दै, पोशाक किन्न नसक्ने करिब ३००-५०० बालबालिकाको लागि दाता खोज्ने कार्यको शुरुआत गरिसकिएको र आवश्यकताको करिब ३० प्रतिशत विधार्थीको लागि पोशाकको व्यवस्था हुने प्रतिवद्दता समेत प्राप्त भएको छ ।
१०) विधालयमा पठनपाठन गराउने शिक्षकहरूले आफ्ना छोराछोरी २०७८ देखि आफ्नै विधालयमा पढाउनै पर्ने बाध्यात्मक निर्णय गरियो । त्यसको प्रत्यक्ष प्रभाव विधालयमै कार्यरत ६० प्रतिशत शिक्षकहरूलाई परेको बुझिएको छ । आर्थिक स्तर कमजोर भएका १६०१ विधार्थीलाई पढाउने शिक्षकहरूले आफ्ना छोराछोरी नै सगै पढाउनु पर्दा सायद हीनताबोध भएको हुनसक्छ ।
११) विधालयमा संस्कृत भाषाको ज्ञान दिन एकैपटक नर्सरीदेखि १० सम्म हप्ताको ३ पिरियड राख्ने निर्णय गरियो । हप्ताको १ दिन विधालयको राष्ट्रिय पोशाक लगाउनुपर्ने निर्णय गरियो ।
१२) नेपाल सरकारको पूरा तलब खाने शिक्षकहरुले बिहान ९:५५ बजे विधालय आईसक्नु पर्ने, दैनिक ५ पिरियड पढाउनु पर्ने, ४:०० बजेपछि मात्र विधालय बाहिर पाउने, त्यसो नगरे प्रतिमिनेटको दरले प्राप्त तलबको हिसाब गरी काटिने निर्णय गरियो । विधालय आए गएको समय गेटमै लेख्नुपर्ने अनिवार्य व्यवस्था गरियो । यसले आएर हाजिर गरि आफ्नो निजि विधालयमा जाने शिक्षकहरूको निद हराम हुने नै भयो ।
१३) विधार्थी अनुपातमा नेपाल सरकारले तलब व्यहोर्ने ६ जना शिक्षकहरु बढी भई रहेको वर्तमान समयमा निजिबाट तलब खाने ४ जना शिक्षकहरूलाई करिब १ वर्षको तलब बापतको रकम दिई विदाई गर्ने निर्णय गरियो । त्यसैलाई आधार मान्दै निजि विधालयका संचालक शिक्षकहरु अहिले काङ्ग्रेस र नेकपाका केही नेताकार्यकर्तालाई प्रभावमा पारेर व्यवस्थापन समिति खारेजीको मागलाई चर्काउन थाल्नु भएको छ ।
१३) मेरो आदरणीय दाजु, विधालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष, फेरिल्याण्ड स्कूलका संचालक तथा नेपाली काङ्ग्रेस बूढानीलकण्ठ-१० का सभापतिले हाम्रो जिम्मेवारीको ५८ औं दिनमा नेपाल सरकारको प्रचलित प्रक्रिया पूरा गरि विधालयको प्रधानाध्यापकको जिम्मेवारीमा रहनु भएका सरलाई पार्टीको लेटरप्याड प्रयोग गरि स्पष्टीकरण सोध्नु भएको छ । सरकारी प्रक्रियाबाट जिम्मेवारी निर्वाह गर्नुभएको व्यक्तिलाई स्पष्टीकरण सोध्न मिल्छ कि मिल्दैन ?
१४) जिम्मेवारीको ५९ औं दिनमा आएपछि भौतिक प्रगति आम सोचाइ भन्दा बढी भएको छ । शैक्षिक, प्रशासनिक र आर्थिक श्रोत जुटाउने सवालमा रोक्न खोज्दा-खोज्दै नसकेपछि हामीलाई खुलेर सहयोग गर्ने कुनै राजनीतिक दल बाकी रहेन ।
यो वा त्यो बहानामा विधालयमै पठनपाठन गर्ने निजि विधालयका संचालकहरुले केही स्थानीय जनप्रतिनिधिहरु, ठूला पार्टीका स्थानीय नेताहरुलाई राम्ररी प्रभावमा पार्न सफल हुनु भयो । आफ्नो खाएर दैनिक १६ घण्टासम्म खटेर विधालयको हितमा राम्रो काम गर्दागर्दै अहिलेको व्यवस्थापन समितिलाई घेराबन्दी गरेर रक्षात्मक अवस्थामा पुर्याउने प्रयास गरिदै छ।
१५) लकडाउनको यस्तो प्रतिकूल अवस्थामा पनि निरन्तर भौतिक, शैक्षिक र प्रशासनिक काम गर्दागर्दै पार्टी भित्र र बाहिर अपराध वा भ्रष्टाचार गरेजस्तो गरी सामाजिक संजाल, टेलिफोन, चिया गफ र कोठे बैठकहरुमा हाम्रो समितिलाई निरन्तर अपमान गर्न थालेपछि मलाई भन्न मन लाग्यो ” के नेपाल सतिले सरापेकै देश हो ?
१६) व्यवस्थापन समितिको अध्यक्षको हैसियतले म अनुरोध गर्न चहान्छु । विधालयको हितमा अतिरिक्त सुविधा नलिई १६ घण्टासम्म खट्ने प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र अन्य आदरणीय गुरुहरु, यो कलियुग भएपनि सत्यको जित हुन्छ । तर ढिला हुन्छ । तपाईंहरुप्रति, व्यवस्थापन समितिप्रति गरिएको लान्छना, अपमान र दबाबको मूल्य केही समयमै समयले फर्काउने छ । हामीले राम्रो गर्दागर्दै निजि विधालयका संचालकहरुको प्रभावमा परि हामीलाई जिम्मेवारीबाट मुक्त गराउन केही जनप्रतिनिधि, केहि नेकपा र काङ्ग्रेसको नामबाट गरिएका प्रयासहरु दिवा सपना हुनेछन किनभने हामी प्रचलित कानुनी प्रक्रियाबाट छानिएर, प्रचलित कानुन बमोजिम प्राप्त अधिकार पद्धति संगत ढंगले गरिरहेका छौँ ।
१७)अन्तिममा म सबै सरोकारवालाहरुलाई अनुरोध गर्न चहान्छु, हामीले विधालयलाई व्यवहारिक रुपमा नमूना बनाउन काम गरिरहेका छौँ। विधालयबाट १ रुपैयाँको आर्थिक लाभ लिने हाम्रो सोच छैन। हल्लाको पछि नलागी हाम्रो काम हेरेर, हामी प्रतिको धारणा बनाउनु होला । हामी प्रचलित कानुनको अधिनमा रही विधालय, विधार्थी र हाम्रा अभिभावकहरुको हितमा काम गर्ने छौँ । हाम्रा कामकारबाही प्रती कुनै जिज्ञासा भएमा लिखित, मौखिक र अन्य माध्यमले सुझाव दिन सक्नुहुनेछ । तपाईंहरुको सहयोग, सहकार्य र सद्भावले नै हामी बालउद्दारलाई नमूना विधालय बनाउन सक्ने छौँ । मिलेर काम गरौँ : विधालयको हित र विकासको लागि हामी सबैसङग सहकार्यको लागि खुल्ला छौँ । हामी तपाईंहरुको सकारात्मक सुझावको प्रतिक्षामा छौँ ।
धन्यवाद ! शुभदिन ।
 ( यो फोटो अध्यक्ष घिमिरे ,सदस्य बिक र शिक्षकहरुले आफ्ना छोरा छोरी विध्यालयमा भर्ना गरे पश्चात लिइएको हो)
तपाइँको प्रतिक्रिया ।