गान्धी आदर्श माध्यमिक विद्यालयमा शिक्षक आवश्यकता !
कपन अनलाइन
काठमाडौं, साउन २२ ।
कागेश्वरी मनोहरा–९, काठमाडौंस्थित गान्धी आदर्श माध्यमिक विद्यालयले करार सेवामा बाली विज्ञान विषयका लागि प्राविधिक शिक्षकको आवश्यकता रहेको सूचना सार्वजनिक गरेको छ।
विद्यालयले साउन १९ गते विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार बाली विज्ञान विषय अध्यापनका लागि एक जना प्रशिक्षक माग गरिएको जनाएको छ।
विद्यालयका अनुसार इच्छुक उम्मेदवारले न्यूनतम शैक्षिक योग्यता बाली विज्ञान विषयमा कम्तीमा द्वितीय श्रेणीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै उमेर सीमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। सेवा तथा सुविधा प्रचलित नियमावली अनुसार प्रदान गरिनेछ।
परीक्षा विवरणः
- परीक्षा प्रकार: लिखित, अन्तर्वार्ता तथा आवश्यकताअनुसार कक्षा अवलोकन
- परीक्षा केन्द्र: सम्पर्क मिति मै तोकिने
- पाठ्यक्रम: शिक्षक सेवा आयोगको पाठ्यक्रम अनुसार
- परीक्षा शुल्क: रु. १०००।–
इच्छुक उम्मेदवारले साउन २३ गते भित्र दरखास्त दिनु पर्नेछ।
दरखास्त दिने समय बिहान १० बजे देखि ३ बजे सम्म तोकिएको छ।
दरखास्तमा संलग्न गर्नुपर्ने कागजातहरुः
१. हस्तलिखित निवेदन
२. व्यक्तिगत विवरण (Bio-data)
३. नागरिकताको प्रतिलिपि
४. शैक्षिक योग्यताको प्रमाणपत्र तथा अंकपत्रको प्रतिलिपि
५. तालिम तथा अनुभव प्रमाणपत्रको प्रतिलिपि
सम्पर्क:
फोन: ०१-४९९०२०५
मोबाइल: ९८५११६८४२४
वेबसाइट: www.gandhischool.edu.np
विद्यालय प्रशासनले समयमै दरखास्त दिन अनुरोध गरेको छ।
