बागमती प्रदेशमा आईसियु बेडको संख्या बढाइन्छः मुख्यमन्त्री पौडेल

बागमती प्रदेशमा आईसियु बेडको संख्या बढाइन्छः मुख्यमन्त्री पौडेल

कपन अनलाइन

हेटौंडा,असोज  २२।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसीयु संख्या बढाउने बताएका छन ।  सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसङ्ग भएको छलफलमा उहाँले हाल गम्भीर प्रकृतिका बिरामीहरू देखापर्न थालेकोले आईसीयुको संख्या बढाउनु पर्ने धारणा राखेका हुन्  ।
प्रदेश सरकारले आईसोलेशन निर्माण एबम संचालन गरीरहेको जानकारी दिदै यसको नियन्त्रणका लागि प्रदेश सरकार जिम्मेवार भएर लागेको बताएका छन ।  अन्य जिल्लामा संक्रमण कम भएपनि अहिले काठमाडौमा कोरोनाबाट थप सङ्कट उत्पन्न हुन सक्नेतर्फ संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेकोमा मुख्यमन्त्री पौडेलको जोड थियो ।
काठमाडौको सङ्क्रमण दर घटाउन प्रदेशले विभिन्न स्थानमा आईसोलेशन निर्माण गरि काम गरीरहेको पनि उनले जानकारी दिएका थिए  । यसैगरी कोरोना सङ्क्रमणकै कारण पनि शिक्षा क्षेत्रमा समस्याग्रस्त बनेको बिषयमा छलफल भएको थियो । छलफलका क्रममा समितिका सदस्य जिवनराम श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेशसङ्ग समन्वय र सहकार्य हुने बताएका थिए  ।
हाल काठमाण्डौ लगायत ललितपुर, चितवन, दोलखा  र काभेपलान्चोक  जिल्लामा प्रदेश मातहतका अस्पताल रहेका छैनन् । ति जिल्लामा आफ्ना मातहतका अस्पताल संचालन गर्न सोहि जिल्लामा रहेका एक एक वटा स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नती गर्न लागिएको छ । ती स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा बिकास गर्न नेपाल सरकारलाई पत्राचार गरीसकिएको प्रदेश सरकारले जनाएको छ ।

काठमाण्डौको कोरोना संक्रमितलाई राख्न प्रत्येक स्थानिय तहमा १००/१०० बेडको आइसोलेशन निर्माण भइसकेको छ । अहिले प्रदेशका अस्पतालहरुमा आवश्यकताअनुसार आईसियु र भेन्टिलेटरसहितको सुबिधा उपलब्ध गराईएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रदेशले कोरोना परिक्षणका लागि २ स्थानमा ल्याब सञ्चालन गरिरहेको र  ४ वटा तत्काल थप हुने भएका छन् भने सिन्धुली, भक्तपुर नुवाकोट र हेटौंडामा थप गर्न लागिएको छ । हाल प्रदेशमा ३ हजार २ सय ६० आइसोलेशन बेड, ६ सय ३० आइसियु बेड रहेका छन भने १ सय ९५ वटा भेन्टिलेटर बेड रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।