कोरोना महामारीबाट जोगाउन ‘मिसन करूणा’ सार्वजनिक

कपन अनलाइन
काठमाडौं,  असोज २२।

ॐश्री त्रिकुटा गुरुधाम नेपालले कोरोना महामारीबाट जोगाउनको लागि ‘मिसन करुणा’ सार्वजनिक गरेको छ । त्यस अन्तर्गत प्रकृतिक सामग्रीहरु (मास्क, स्यानिटाईजर, स्प्रे, लोसन) र दिव्यका या अमृत कवज पनि रहेको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आयोजक संस्थाले मिसन करुणा सार्वजनिक गरेको हो । कार्यक्रममा ॐश्री त्रिकुटा गुरुधाम नेपालका अध्यक्ष रेवतीरमण अधिकारी ‘विशुद्धानन्द’ ले मिसन करुणा र संस्थाको बारेमा प्रकाश पारेका थिए ।
उक्त दिव्यकायाअमृत औषधी पानीमा घोलेर खाने सुनाए । उनका अनुसार उक्त औषधी कोरोना संक्रमण भएकाहरुलाई फलदायी हुनेछ । कार्यक्रममा कोरोना संक्रमण जितेका बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का नेपाली कांग्रेसका सभापतिसमेत रहेका डिल्लीराम कँडेलले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार प्रा.डा. जितेन्द्रध्वज खाँण र प्रा.डा. रामुकमार दाहाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कोभिड १९ (कोरोना) सहित मौसमी संक्रमणको उपचार सम्बन्धमा प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
सर्वप्रथम हाम्रो संस्थाको बारेमा संक्षिप्त जानकारी गराउँदछौँ । हाम्रो संस्था ॐ श्री त्रिकुटा गुरुधाम नेपालकुनै एक धर्म सम्प्रदाय बिशेषसँग मात्र सम्बन्धित नभई विशुद्ध रुपमा आध्यात्मिक क्षेत्रमा क्रियाशिल रहेको संस्था हो । धर्म सम्प्रदायभन्दा माथि उठेर आफूभित्रको सत्य खोज्दै आफूमा भित्रैदेखि परिवर्तन ९त्चबलकायचmबतष्यल०गरी सत्यको बोध गर्नु वास्तवमा अध्यात्म हो । परमगुरूदेवले देखाउने मार्ग यहीँ हो र यो सत्य मार्ग हो ।
परिवर्तनको शुरुवात आफूबाटै गर्ने मूल उद्देश्य बोकेर“हरेक मान्छे जन्मदैँ उभित्र बुद्धको गुण समाहित भएको हुन्छ, समयमै सहि मार्गदर्शन पाउन सकेको खण्डमा हरेक मान्छे बुद्ध बन्न सक्छ” भन्ने आध्यात्मिक दर्शनमा आधारित “बुद्धको देश बुद्धत्वको अभियान” सहितका उद्देश्यले स्थापना गरिएको हाम्रो गुरूधाम नेपालले चाल, चरित्र र चिन्तनमा आधारित “स्वज्ञान शिक्षा”साप्ताहिक रूपमा नियमित संचालन गर्दै आएको छ । यो कार्यक्रमका अतिरिक्त ॐ श्री त्रिकुटा गुरुधाम नेपालले“बुद्धको देश बुद्धत्वको अभियान”, “एक कदम सत्यको युगतिर” र “पराविद्या स्वास्थ्य शिविर” जस्ता कार्यक्रमहरु समेत समय समयमा आयोजना गरी आध्यात्मिक एवं उपचारको माध्यमबाट समाज, राष्ट्र र मानव कल्याणका लागि निःशुल्क सेवा प्रदान पनि गर्दै आएको व्यहोरा समेत अनुरोध गर्न चाहन्छौँ ।
हाम्रो संस्थाले कर्मयोग, धर्मयोग र ब्रह्मयोगको सिद्धान्तलाई अंगालेको व्यहोरा म यहाँहरु समक्ष जानकारी गराउन चाहन्छु । मतलव यी तीनवटा क्षेत्रमा संस्था क्रियाशिल छ ।
१) कर्मयोग स्वास्थ्य तथा उपचारसँग सम्बन्धित छ । यस अन्तर्गत दैवीशक्ति अर्थात् दिव्य ऊर्जाको माध्यमबाट हिलिङ गरिन्छ ।
२) धर्मयोग शिक्षासँग सम्बन्धित छ । यस अन्तर्गत ब्रह्म सूत्र, परम सूत्र तथा दैनिक कर्म योगका सूत्र सिकाइन्छ । यी सबै त होइन आधारभूत रुपमा धेरैजसो बिषयको सैद्धान्तिक ज्ञान मात्र होइन व्यवहारिक रुपमै एक हप्ताको पुरा समयभित्र हामी स्वज्ञान शिक्षा कार्यक्रम मार्फत सिकाउँछौँ । यसै समयभित्र कोही कसैले आफूभित्र परिवर्तन ९त्चबलकायचmबतष्यल०को अनुभूति समेत गर्ने गरेका छन् । तर सत्यको बोध चाहिँ यो कार्यक्रम र समय भित्र हुँदैन ।
३) ब्रह्मयोग ध्यान, साधना र सिद्धीसँग सम्बन्धित छ । यस अन्तर्गत बिभिन्न दिव्य शक्तिहरुको साधना पर्दछन् ।
अहिले हामी यी बिषयहरु भित्र प्रवेश गर्दैनौँ ।
हुन त हाम्रो गाउँ समाजमा भूत प्रेत, नजरदोष, वास्तुदोष, पितृदोष लगायत विभिन्न अन्धविश्वास कायम छन् । यसको स्थानीयस्तरबाट उपचार पनि भईरहेको छ तर यसको वास्तविक सत्य बुझ्न कठिन छ । यी कुरालाई हामीले सीधा भाषामा भन्नु पर्दा दिव्य अर्थात् देवीदेवतासँग सम्बन्धित शक्तिलाई सकारात्मक ऊर्जा र भूतप्रेत लगायतका शक्तिलाई नकारात्मक ऊर्जा भनेर बुझ्न सक्छौ । यी बिषयलाई बुझ्न र बुझाउन सैद्धान्तिक व्याख्याले मात्र सम्भव छैन । परम गुरुदेवको सानिध्य र शिक्षादिक्षाबाट यी दुवैथरी ऊर्जाको भेद छुट्याउन सकिन्छ, सत्यको बोध गर्दै ।
हालै मात्र चीनको वुहान प्रान्तबाट मानवमा संक्रमणको शुरुवात भएको कोभिड–१९ (कोरोना) भाइरसको महामारीबाट विश्व नै ग्रसित भइ हालसम्म लाखौंको ज्यान गैसकेको अवस्थामा उपरोक्त नकारात्मक ऊर्जा भन्दा धेरै गुणा बढी भाइरसको डर त्रास अनि लकडाउन, निषेधाज्ञा जस्ता विश्व स्वास्थ्य सङ्गठन र सरकारको नीतिका कारण दैनिक कामकाज ठप्प हुनु, भविष्यसँग जोडेर अन्य धेरै बिषयहरु प्रभावित हुँदा मानिसहरुमा डिप्रेसन, फ्रस्ट्रेसन, चिन्ता, त्रास जस्ता मनोवैज्ञानिक असर देखिएकोले हामीले अपनाउँदै आएको अध्यात्मको माध्यमबाट ग्तिष्mबतभ म्ष्खष्लभ ज्भबष्लिन ९म्ष्कतबलअभ ज्भबष्लिन० को माध्यमबाट अमेरिका, बेलायत, दुवई, कतार लगायतका देशमा रहेका अति नाजुक अवस्थाका बिरामीहरुलाई हामीले सुरुका दिनहरुमा उपचार गरी निको पारेका थियौ । उपचारको बिषय र उपचारको परिणामको बिषयमा हामीले सम्बन्धित निकाय र सरकारलाई जानकारी पनि गराएका थियौँ । त्यतिबेलासम्म नेपालभित्र मानवीय क्षतिहुने गरी यो संक्रमण फैलिसकेको थिएन त्यसकारण हामीले टाढैबाट गरिने उपचारको बिधि ९ग्तिष्mबतभ म्ष्खष्लभ ज्भबष्लिन ९म्ष्कतबलअभ ज्भबष्लिन० बिधि अपनाएका हौँ । तर पछिल्ला समयमा यो भाइरसको प्रकोप नेपालभित्र पनि दिनप्रति दिन व्यापक रुपमा फैलिँदै गएको र यसकै कारण सयौँको ज्यान समेत गैसकेको अवस्थालाई मध्यनजर राख्दै परमगुरूदेवले उपचारका लागि नेपालमै उत्पादित जडिबुटीहरुको सम्मिश्रणबाट दिव्यदृष्टिको समेत प्रयोग गरी कोभिड (कोरोना) को उपचारलाई बिशेष ध्यानमा राखी करुणामृत चिया, दिव्य कायामृत कवच, मेरो रक्षक जस्ता औषधीजन्य सामाग्रीहरु बनाउनु भएको छ । यी उपभोग गर्नमिल्ने औषधीजन्य सामाग्रीहरुले इम्युनिटी पावर बढाउने मात्र नभई शरीरभित्र प्रवेश गरेका भाइरसहरुलाई समेत सहजै निष्कृय पार्दछन् । जडिबुटीहरुको सम्मिश्रण आफैंमा अनुपम र दिव्य छन् साथै आयुर्वेदको न्युन साइड इफेक्ट हुन्छ भन्नेमा कुनै द्विविधा छैन । यसका अतिरिक्त गुरुदेवको लामो आध्यात्मिक साधना र अनुसन्धानबाट प्राप्त दिव्य शक्ति÷दिव्य ऊर्जा ९ऋयकmष्अ भ्लभचनथरक्गउचझभ भ्लभचनथ० पनि यसभित्र समाहित छ, जसले हाम्रो सुक्ष्म शरीरलाई आन्तरिक रुपमा पुर्ननिर्माण गर्ने गर्दछ । शरीरका सुक्ष्म कोशिका ९ऋभिि०लाईपुर्ननिर्माण गरी औषधी र यसभित्र समाहित दिव्य शक्तिको मध्यमबाट सुक्ष्म शरीरको हिलिङ अर्थात् इखभच बििष्लन हुन्छ जसका कारण बाहिरी शरीर अर्थात् भौतिक शरीर स्वस्थ र दुरुस्त बन्न पुग्दछ ।
यसका साथै पछिल्लो चरणमा मौसकी ज्वरो ९क्भबकयलब िँगिभ०को प्रकोप समोतबाट धेरैजनासंक्रमित भइरहेको हुनाले यसबाट बचाउन आयुर्वेदिक सामाग्रीहरुको नमूनाहरु बनाइ सकिएको छ । दिव्य कायामृत र करुण चियामृतको सेवनले कोभिड (कोरोना) लगायतका भाइरसलाई ल्भगतचबष्शिभगरी थप संक्रमण हुनबाट बचाउँछ र शरीरमा कमी भएको इम्युन पावरलाई थप शसक्तिकरण ९द्यययकतष्लन० गर्दछ । हामीले गुरूधामको सम्पर्कमा आएका साधक साधिकाहरु र उहाँहरुको माध्यमबाट कोभिड(कोरोना) संक्रमित बिरामीहरु र अन्यले समेत करुणा चियामृत, दिव्य कायामृत लगायतको प्रयोग गरिसकेका छन् । अहिलेसम्म यी सामाग्रीहरुको प्रयोगका कारण कुनै नकारात्मक असर देखिएको भनेर प्रयोगकर्ताबाट कुनै गुनासो आएको छैन । विभिन्न पेशा व्यवसाय गर्ने व्यक्ति, कर्मचारीहरुले समेत यसको प्रयोग गरिसकेका छन् ।
यतिबेला मानवता र देशप्रतिको दायित्वले हामीलाई यो कार्यमा जबरजस्त अघि बढ्न प्रेरित गरिरहेको छ । मानवता मरिरहेको गुरूदेवले टुलुटुलु हेरेर बसिरहन सक्नु भएन र हामी गुरूद्वारा दिक्षित साधक साधिकाहरु र सिंगो गुरूधामटिम समेत चुप लाग्न सकेन । त्यसकारण हामी आफ्नै बलबुताले जेजति गर्न सकेका छौं सोही अनुसार कसैकसैबाट स्वेच्छिक रुपमा केही सहयोग लिएर नसक्नेलाई निःशुल्क रुपमा यी सामाग्रीहरु वितरण गर्दै आइरहेका पनि छौँ । कोभिड (कोरोना) पुष्टी भएका बिरामीबाट अनुरोध भै आएमा हामीले निःशुल्क नै वितरण गरेका छौँ । त्यति मात्र होइन हाम्रा साधकसाधिकाहरुले आफै गएर दिने व्यवस्था समेत हामीले मिलाएका छौँ तर हामी सबै बिरामीहरुलाई सधैभरी निःशुल्क दिन सक्ने क्षमता हामीसँग छैन । गुरूदेवले केही मात्रामा मानव जीवन रक्षाका लागि नमूनाका रुपमा बनाइदिनु भएको औषधीजन्य खानयोग्य सामाग्रीहरु सकेसम्म नेपाल सरकारले व्यवस्थापन गरिदिए हामी सेवा मात्र गर्न चाहन्थ्यौँ ।
हाम्रो आफ्नै क्षमताले बिरामी र सुरक्षाकर्मीहरुलाई हामीले कार्यस्थल मै गएर दिव्य कायामृत, स्यानिटाइज्ड मास्क लगायतका सामाग्री निःशुल्क वितरण पनि ग¥यौँ तर यो पर्यात्प होइन । हामी त यी सामाग्रीहरु नियमित जनसम्पर्कमा रही जिम्मेवारी निर्वाह गर्नुपर्ने स्वास्थ्यकर्मी लगायत यस कार्यमाखटिने महानुभावहरु साथै सबै संक्रमितहरुले निःशुल्क रुपमा यी दिव्य औषधीजन्य सामाग्रीहरु सेवन गरी स्वस्थ बन्न सक्नुहोस् भन्ने हामी चाहन्छौँ । कोभिड (कोरोना) संक्रमितहरुलाई राखिएका अस्पताल तथा स्थानहरुमा यी सामाग्रीहरु सरकारी तहबाटै निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था हुन सके अझ धेरै राहत हुने थियो भन्ने हामीलाई लागेको छ । करोडौँको खर्च गर्ने क्षमता हामीसँग छैन तर सरकारका लागि करोडको खर्चले हजारौँ लाखौँ जनताको ज्यान बच्छ भने खाशै ठूलो भार होइन भन्ने हामीलाई लाग्दछ ।

अन्तमा,
हामीसँग हिलिङको सिस्टम पनि छ । अहिले नमूनाका रुपमा परम गुरूदेवबाट तयार पारिएका खान सकिने र कुनै हानी नगर्ने साथै हाम्रो आफ्नै परिवेशमा प्रयोग पनि भैसकेका जडीबुटीबाट निर्मित आयुर्वेदिक सामाग्रीहरु सबैले उपभोग गर्न सक्ने अवस्थाको लागि हामी सम्बद्ध सबै पक्षसँग अनुरोध गर्दछौँ । सकेसम्म सरकारी पक्षबाट निःशुल्क वितरणको व्यवस्थाका लागि हामी अपिल गर्दछौँ । त्यसो हुन नसके कम्तीमा यसको न्यूनतम खर्चमा मौलिक तरिकाबाट उत्पादन गर्न सकिने यी सामाग्रीहरु संक्रमित सबैले प्रयोग गर्न सकिने र कुनै साइड इफेक्ट नहुने भएकालो अकालमा ज्यान गुमाउनु पर्दैन सबैले प्रयोग गर्न सकिन्छ भन्ने बिषय सबैलाई जानकारी गराउने उद्देश्यले पनि आज यो कार्यक्रम÷पत्रकार सम्मेलनको आयोजना गरेका हौँ भन्ने व्यहोरा विनम्रतापूर्वक अनुरोध गर्दछौँ ।

दिनाङ्क ः२०७७÷६÷२१ गते बुधबार
रिपोर्टर्स क्लब, पुतलीसडक, काठमाडौँ ।

तपाइँको प्रतिक्रिया ।