बालउद्दार मावीलाई नेपाली कांग्रेस बुढानिलकण्ठ -१० को सात दिने अल्टिमेटम

बालउद्दार मावीलाई नेपाली कांग्रेस बुढानिलकण्ठ -१० को सात दिने अल्टिमेटम

कपन अनलाइन

काठमाडौं ,असोज १९ ।

बालउद्दार मावीलाई नेपाली कांग्रेस बुढानिलकण्ठ -१० को सात दिने अल्टिमेटम दिएको छ । नेपाली कांग्रेस बुढानिलकण्ठ -१० का सभापति श्याम डोटेल सहितको टोलीले वडा नं १० का अध्यक्ष नवराज भट्टराई र विद्यालयका प्रधान अध्यापक बिनोद पण्डितलाई २१ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

नेपाल सरकारको दरवन्दी मिलानको क्रममा केहि  स्थायी शिक्षकहरु समेत  स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको भन्दै विद्यालय व्यवस्थापन समितिले निजि श्रोतका शिक्षक हटाउने तयारी गरेको प्रति आपत्ती जनाउदै उनीहरुलाई मानसिक तनाव दिएको सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति गठनमा एकलौटी गरिएको र बुढानिलकण्ठ नगरपालिकाको शिक्षा नियमावली पालना नगरेको उल्लेख गरिएको ध्यानाकर्षण पत्रमा विद्यालयमा भएका अन्य शैक्षिक र प्रसासनिक विषयहरुका वारेमा पनि उल्लेख गरिएको छ।

ध्यानाकर्षण पत्र :

तपाइँको प्रतिक्रिया ।