स्वयम्भू चिभा चैत्यको सरसफाईमा नेपाल स्काउटका स्वयंसेवकहरु

स्वयम्भू चिभा चैत्यको सरसफाईमा नेपाल स्काउटका स्वयंसेवकहरु
कपन अनलाइन
काठमाडौं ,असोज १९/ नविना श्रेष्ठ
स्वयम्भुमा रहेको चिभा चैत्यको मछिन्द्र क्लब अन्तर्गतको मछिन्द्र क्रु ,येँ महानगर क्रुका रोभर रेन्जरहरुको सहयोग र चिभा चैत्य संस्थाको आयोजनामा  सरसफाई  गरिएको छ ।
चिभा चैत्य भ पर्यटन मैत्री र संसारमा नै विशेष पहिचान बोकेको शहरको रुपमा चिनाउन मदत पुग्ने तथा काठमाण्डौ उपत्यकाकोसम्पदा चिभा र चैत्यको संरक्षण गर्नु आवश्यक रहेको चिभा चैत्य संस्थाका उपाध्यक्ष प्रविनमान शाक्यले बताएका छन ।
चिभा चैत्य संस्थाबाट थुप्रै कार्यक्रमहरु गर्दै आएता पनि यसरी सरसफाई कार्यक्रम भने पहिलो पटक  नेपाल स्काउट मान्छिद्र क्रु  र येँ महानगर  क्रु  संगको सहकार्यमा भएको  शाक्यले बताउनु भयो।
यो भन्दा पहिला नै चिभा चैत्यहरूको सरसफाई कार्यक्रम गर्ने योजना भएको तर कोभिड-१९ कोरोना भाइरस महामारीले लकडाउन भएपछि  रोकिएका  कार्यक्रम  लकडाउन खुकुलो भए सँगै गरिएको हो।
सामाजिक दूरी कायम गरी माक्स लगाई स्यानिटाइजरको प्रयोग गरी चिभा चैत्यको सरसफाई गरिएको र आगामी दिनहरुमा पनि निरन्तरता दिने चिभा चैत्य संस्थाका उपाध्यक्ष शाक्यले जानकारी दिएका छन ।
२०६० सालमा स्थापना भएको मन्छिन्द्र क्रु ले चिभा चैत्य जस्ता मठ मन्दिर सहित  काठमाडौंको जनबहाल मन्दिर,टोखा चण्डेश्वरी मन्दिर   साँखु मणिचुड  मन्दिर,  लुम्बिनीमा नेपाली बिहारमा सरसफाई तथा रङ्ग लगाउने जस्ता  कार्यक्रम गरी सकेको छ।
स्वयम्भुका   चिभा चैत्यहरुको सरसफाई गर्न आफू लगायत स्काउट टिम नै सहभागी गराउन पाउँदा खुसी भएको रोभर लिडर जगत वीर सिंह कंसाकारले बताए।जनशक्ति  र औजारको कमी भएकोले स्यबम्भुमा भएका जति पनि चिभा चैत्यको समयमै सरसफाई कार्यहरू गर्न नसकेकोले अलि गाह्रो भएको कंसाकारले गुनासो व्यक्त गरेका छन ।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।