“रोमा” एक वियोगान्त कथा
कपन अनलाइन
काठमाडौं,असोज १५ /कृष्ण श्रेष्ठ
दिमाग अस्थिर भएको छ, आँखाहरू फुस्रा भएका छन्, सोच्ने छ्यमता कमजोर भएका छन् । सपनाहरू खरानी भएका छन्, अनि आशाहरू धुजा-धुजा….जब म आफै संग हार्छु, लथालिंग बन्छु, उठ्नै नसक्ने गरी कमजोर भएर लड्छु।भाग्यमानी झै लाग्दथ्यो जब कोई मलाई काँधमा उठाई दिने समालिदिने होस……
मैले आफै पनि धेरै कोसिस नगरेको होईन आफै उठ्ने सम्हालिने तर तिनै कोसिसहरूले झनै नराम्रो गरी पछारिरहेका छन्, लाग्छ हरेक आशाका दियोहरू निभ्ने तर्खरमा छ।म आफैमा चुडिएको छु। मलाई थाहा छ अब अरु बढी सहन सक्ने शक्ति म मा छैन। यो धुलो का कणहरू हेर्दा हेर्दै कालो रातमा बदलिए,चारैतिर निस्पठ अध्यारो छाएको छ। यहाँ स्वार्थी चम्किलो प्रकाशले सबैलाई अध्यारिएको छ सायद सबैलाई अन्धकार बनाएको छ।
म दिन प्रति दिन रोग सँग लडिरहेको छु, तर कति दिन हो यो सास ले पनि मलाई दया देखाउने, आफन्तको साथ मित्रताको साथ खै के-के मात्र हुन्छ सम्बन्धमा, सबै एक एक गरी चुडिरहेका छन हिजो आज। फेरी हिजोआज मेरा यी कानले ध्वनी सुन्न कम भएका छन् अनि आँखाले देख्न नसक्ने कमजोर। सिर्फ उनले मेरो साथ छोडिदिदा।
माया शब्द जति उचारण गर्न सजिलो छ निभाउन र पालना गर्न कहाँ सजिलो छ र फेरी त्यै माथि मेरो भागमा…..आह ! “माया” यै एउटा शब्द न हो मैले उनको जीवन बाट पाएर आफैंमा केही बन्न खोजेको तर सफल माया पाउनू त परै को कुरा पिडा मा हुदा शब्द शब्द आँसू बनेर खस्दा मेरा यी हृदय चोट मेटाउने दया पनि बक्सिस भएन रोमा बाट मेरो लागि……
हिजोआज… अपरिचित पात्र म बनुला शब्द बनेर अनि तिम्रै वरिपरी घुमिरहेको हुन्छु। एउटा मिठास बनेर अनि येस्को हेक्का तिमी ले कैले पत्तोनै लगाउने छैनौ, पाउने छैनौ। अब मेरो आसय नै यही हो जुन शब्द बनेर तिम्रो मन सँग खेल्ने सौभाग्य प्राप्त गर्नु।
खै के भनु रोमा तिमिलाई.… भन्ने नै हो भने आज सम्म मैले कसैको मनलाई बुझ्न सकिन न त कसैलाई खुसिनै पार्न सके। आफुलाई माया गर्नेहरू को मन दुखाएको छु मैले | त्यसै कारण मैले म आफै प्रति आशा देख्न न्यून गरेकोछु। रोमा मलाई आज पनि तिम्रो प्रत्येक कुराहरू ले मेरो मन फुरुंग हुन्छ, तिम्रा ती हरेक भावनाहरु मनभरी अझै नि ताजा रहेका छन्। र अझै तिम्रो आँखाको नानिहरू मा म हराएको अनुभूति गर्छू ।तिम्रो लामो केशमा शितलताको महसुस गर्छू। तिम्रो उपस्थितिले मात्र मेरो जीवनमा नौलो सुवास छरेको महसुस गर्छु।
हेर म तिमी ले भने जस्तै कति समझदार भएको छू। यो समझदार मान्छे तिमिबिना अधुरो छ। तिमी ले छोएका त्यो पलका स्पर्स आज नि कता-कता छोएको आभाष हुदैछ। मलाई छुने किरणहरू तिमी नै हौ जस्तो लाग्छ। यो हावा को झोका अनि मलाई छुने किरणलाई भन्न मनलाग्छ, एकचोटी मेरी रोमा को मुस्कानलाई फेरी मुस्कुराउने बातावरण मिलाइदेऊ। मलाई भेट्ने अवसर जुटाईदेउ।
थाहा छ रोमा हिजोआज टाढा बाट हेर्नेहरू मलाई भन्ने गर्छन ” म एक्लो छू ” रे। तर मलाई थाहा छ रोमा म भित्रको तिम्रो याद अझै मर्न दिएको छैन……म एक्लो छैन। बिना अर्थ छोडेर गयौ तिमिले, कैले मेरो मनको भावलाई बुझ्ने प्रयास गरेनौं, सधै घमन्दी भन्छौ तर अहिले म भन्दा नि अगाडी तिमी पो भएछौ घमन्दी हुन र देखाउनको लागि है। गएका दिन देखि न आज सम्म कुनै मेसेज न कुनै कल न कुनै……… के यही हो हामी ले हाम्रो भगवान सँग गरेको प्रार्थना की सधै एक अर्कामा दूरी भएर नै बस्न सकौ? तिमी त एउटा देखावती पात्र मात्र होकी जस्तै लाग्न थालेको छ हिजोआज, मायामा आस्वासन को पात्र। किन भने कसैलाई जिउदै घातमा जलाउन सक्ने छयमता छ त केवल तिमी संग छ।
त्यो पलका समय म कसरी भुलौ। मन भित्रका अभ्यस्त ब्यथाहरू धमिला तिम्रा तस्बिरहरू। सम्झनाका गोरेटोहरू।बाटोमा भेटिने धुपिका संयालहरू सँग सँगै रोमलिएर हिड्ने मेरा कठिन यात्राहरू।कति ठाउँ ओट लाग्ने ठाउँ भेटिए जिन्दगीमा, कति ठाउँ ओटहरू बाट बाहिरिएर हिड्नु पर्यो बाध्यताले। उदास-उदास मौसममा जंगलका अनकन्तार बाटो बाट हिड्दै-हिड्दै गएको मेरो जीवनको यात्रा आज म लेख्दैछू |
मेरा लाखौ लाख अनिदहरू सँग सँगै सातिएका मेरा मनका तृश्नाहरू कसरी ब्यक्त गरी पोखौ म शब्दहरूमा मेरो कथा | चोट छ पिडा छ, अनगिन्ती सम्झनाहरूले भरिएका रातहरू जस्तै अध्यारो जिन्दगीको कथा कसरी ब्यक्त गरौ | उज्यालो खोज्दै-खोज्दै म आज अध्यारो गुफा भित्र यसरी प्रवेस गरे, न बाटो कतै देख्छू म न कतै उज्यालोनै देख्छु।
(“रोमा” एक वियोगान्त कथा गोकर्णेश्वर नगरपालिका वडा नं ४ निवासी कृष्ण श्रेष्ठले पठाउनु भएको हो)