कागेश्वरी मनोहरा नगरपालिकामा असोज १४ गते १६ जनाले कोरोना जिते
कपन अनलाइन
काठमाडौं,असोज १५ / कागेश्वरी मनोहरा नगरपालिकाले असोज १४ गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ। जस अन्तर्गत असोज १४ गते थप संक्रमित फेला नपरेको उल्लेख गरिएको छ भने १६ जनाले कोरोना जितेको जनाइएको छ ।
त्यसै गरि हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकामा २६६९ जना पुरुष र १३२५ जना महिला गरि कुल ३९९४ जनाको पिसीआर परिक्षण गरिएको उल्लेख गरिएको छ । त्यसै गरि नगरपालिकाले ७८४ जना पुरुष र ५६० महिला गरि कुल १३४४ जनाको आर डीटि परिक्षण गरीएको र हाल आर डी टि परिक्षण बन्द गरिएको जनाएको छ ।
त्यसै गरि हाल सम्म २१४ जना पुरुष र १३९ जना महिला गरि कुल ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ त्यसै गरि ११८ जना पुरुष र ७२ जना महिला गरि कुल १९० जनाले कोरोना जितेको जनाएको छ भने हाल सम्म १ जना पुरुष र २ जना महिला गरि कुल तीन जना दिर्घ रोगीको कोरोनाको कारण मृत्यु भएको जनाएको छ ।त्यसैगरि कगेश्वरीको मुलपानी नगर अस्पतालको नगर अस्पतालको आइसोलेसनमा ८ जना पुरुष र २ जना महिला गरि कुल १० जना रहेको त्यसै गरि होम आइसोलेसनमा ७२ जना पुरुष र ५४ जना महिला गरि कुल १२६ जना रहेको जनाइएको छ ।
त्यसै गरि नगरपालिकाले वडा गत संक्रमितको बिवरण समेत सार्वजनिक गरेको छ ।जसमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा १२ जना संक्रमित मध्ये ५ जना निको भएको,वडा नं २ मा ८ जना संक्रमित रहेकोमा ४ जना निको भएको,वडा नं ३ मा ७ जना संक्रमित रहेको र ३ जना निको भएको , वडा नं ४ मा १४ जना संक्रमित रहेको र ६ जना निको भएको,वडा नं ५ मा २६ जना रहेको मा हाल सम्म ८ जना निको भएको,वडा नं ६ मा ८५ जना रहेको मा हाल सम्म ५१ जना निको भएको , वडा नं ७ मा ५७ जना रहेको मा हाल सम्म ३२ जनाले कोरोना जितेको उल्लेख गरिएको छ ।वडा नं ८ मा ४५ जना रहेको मा हाल सम्म १७ जना निको भएको ,वडा नं ९मा ९९जना संक्रमित रहेकोमा हाल सम्म ६४ जना निको भएको उल्लेख गरिएको छ ।
हाल सम्म कगेश्वरी मनोहरा नगरपालिका वडा नं ५ मा १ जना र वडा नं ९ मा २ जना गरि कुल तीन जना दिर्घरोगीको कोरोनाको कारण मृत्यु भएको उल्लेख गरिएको छ ।त्यसै गरि हाल सम्म सक्रिय संक्रमितको बिवरण समेत जानकारी गराएको छ ।जसमा वडा नं १मा ७ जना रहेको वडा नं २ मा ४ जना ,वडा नं ३मा ४ जना, वडा नं ४ मा ८ जना वडा नं ५ मा १७ जना , वडा नं ६ मा ३४ जना ,वडा नं ७ मा २५ जना, वडा नं ८ मा २८ जना र वडा नं ९ मा ३३ जना रहेको उल्लेख गरिएको छ ।