चोरीमा संलग्न एक ब्यक्ति पक्राउ

कपन अनलाइन

काठमाडौँ, असोज १३ । चोरीमा संलग्न एक ब्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ ।  शंखरापुर नगरपालिका वडा नं ३   स्थित  पखेरा स्थित कमल नगरकोटीको घर बाट १० लाख  नगद तथा ५  तोला  सुनको गरगहना चोरी भएको थियो ।

स्थानीय बासि र प्रहरीको सहयोगमा भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका  स्थायी बसोबास गर्ने   २३ बर्षीय गणेश लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग, साँखुका प्रमुख, प्रहरी निरीक्षक जानुका खरेलले जानकारी गराइन |

पक्राउ परेका लामाका साथबाट चोरि भएको मध्ये २१ हजार नगद , गरगहना  तथा एक सेट मोबाइल समेत बरामद भएको छ | स्थानीय बासि र प्रहरीको सहयोगमा घटना घटेको केहि घन्टामा अपराधी पक्रन सफल हुनुले एक दिन अघि मात्र प्रहरी मुख्यालयबाट सरुवा भई आएकी निरीक्षक खरेलले यो आफ्नो सफलताको सुरुवात भएको बताईन| पक्राउ परेका लामा यसअघि चोरीकै केसमा जेल बसेर ४ महिना अघि छुटेका थिए । थप अनुसन्धान भैरहेको प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ|

सौजन्य :लावण्य संदेश

तपाइँको प्रतिक्रिया ।