काठमाडौं उपत्यकाका दुई नगर प्रमुखमा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,असोज ९।

 ललितपुर जिल्लाका दुई स्थानीय तहका प्रमुखहरुमा कोरोना संक्रमण देखिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनमा कोरोना संक्रमण पुष्टि भएको हो।

उपत्यका नगरपालिका फोरमले एक विज्ञप्ती जारी गर्दै दुई प्रमुखमा संक्रमण देखिएको पुष्टि गरेको हो। चिरीबाबु महर्जन फोरमका उपाध्यक्ष हुन् भने गजेन्द्र महर्जन फोरमका सदस्य हुन् ।

यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख एवम् फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यमा समेत कोरोना संक्रमण देखिएको थियो। शाक्य कोरोना संक्रमण मुक्त भएर काममा फर्किसकेका छन्।

तपाइँको प्रतिक्रिया ।