ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं ,असोज ९।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी महर्जन कोरोना देखिएपछि होम आइसोलेसनमा रहेका छन् ।
तपाइँको प्रतिक्रिया ।
