विनायक सिद्ध कलेज चावहिलमा बौद्ध शिक्षाको पढाइ हुने
कपन अनलाइन
काठमाडौं ,असोज ७।
विनायक सिद्ध कलेज चावहिलमा बौद्ध शिक्षाको पढाइ हुने भएको छ । नेपाल सरकारले नया पाठयक्रम घोषणा गरे संगै सो कलेजले कक्षा ११ मा बौद्ध शिक्षाको अध्यापन शुरु गर्ने जानकारी दिएको हो।
व्यवस्थापन,बिज्ञान ,कानुन ,शिक्षा र मानविकी संकायका विभिन्न विषयमा पठन पाठन गर्दै आएको विनायक सिद्ध कलेजले विद्यार्थीहरुको रुचिलाई ध्यानमा राख्दै बौद्ध दर्शन र धर्मको ज्ञान बढाउन तथा प्रवर्धनका लागि यो विषयको अध्यापन शुरु गर्न लागेको जानकारी दिएको छ।
काठमाडौं महानगरपालिका वडा नं ७ चावहिलमा रहेको यस कलेजको कक्षा ११ का लागि बिज्ञान , व्यवस्थापन , मानविकी ,शिक्षा र कानुन संकायमा अनलाइन दर्ता जारीरहेको क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले जानकारी दिएका छन।
काठमाडौं उपत्यकाका जुनसुकै स्थान बाट सहज यातायातको सुविधा रहेको सहज स्थानमा रहेको सो कलेज विभिन्न क्षेत्रमा अब्बल रहेका विद्यार्थीहरुको रोजाईमा परेको बताउदै प्रमुख सिंखडाले जेहेन्दार र सृजनात्मक विद्यार्थीहरुका लागि छात्रवृतिको सुविधा रहेको बताएका छन।