ओखलढुंगा जिल्लाका बैंकमा गभर्नरको हस्ताक्षर नभएका संकास्पद नोटहरू भेटिए
कपन अनलाइन
काठमाडौं ,असोज ७। ओखलढुंगा जिल्लाका बैंकमा गभर्नरको हस्ताक्षर नभएका संकास्पद नोटहरू भेटिएका छन।
सनराइज बैंक शाखा कार्यलय ओखलढुंगामा गत आइतवारदेखि बैंकले कारोबार गर्ने क्रममा गभर्नरको हस्ताक्षर नभएका शंकास्पद रु ५ सयका नोटहरु क्रमसः आइतावार २ थान, सोमवार ३ थान र मंगलवार ८ थान फेला परेका हुन।
स्थानीय व्यापारीहरुले बैंकमा पैसा जम्मा गर्ने क्रममा लगातार रुपमा फेला परेका शंकास्पद नोटहरु ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक र सिभिल बैंकबाट सिल भएर आएका बण्डिलहरुमा भेटिएको सनराईज बैंक शाखाकार्यलय ओखलढुंगाका शाखा प्रबन्धक खेमराज राना मगरले बताएका छन।
भेटिएका शंकास्पद नोटहरुमा नेपाल राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर मात्रै नभएको पाइएको र ती नोटहरुमा हुनु पर्ने सबै मापदण्डहरु रहेकाले शंकास्पद नोटहरु नक्कली नै हुन भनेर एकिन गर्न नसकिने शाखा प्रबन्धक राना मगरको भनाई छ ।
शंकास्पद ती नोटहरु सक्कली हुन् या नक्कली हुन भनेर पहिचान गर्नका लागी नेपाल राष्ट्र बैंकमा पठाउने र नेपाल राष्ट्र बैंकले पहिचान गरिसकेपछि मात्रै ती नोटहरुको बारेमा यकिन हुने हुने बैंकको शाखा कार्यालयले जनाएको छ ।फोटो सौजन्य : ओखलढुंगा खबर