तिन सामुदायिक विद्यालय सुधारका लागि बुढानीलकण्ठ नगरपालिका र CSN बिच समझदारी

तिन सामुदायिक विद्यालय सुधारका लागि बुढानीलकण्ठ नगरपालिका र CSN बिच समझदारी
कपन अनलाइन
काठमाडौं ,असोज ७।
सरकारी विद्यालयको गुणस्तर सुधार गर्ने उदेश्य सहित बूढानीलकण्ठ नगरपालिका र कोल्याबरेटिभ स्कुल्स नेटवर्क (CSN) सँग नगरपालिकाका ३ वटा विद्यालयमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको  छ।
दैनिक पठन पाठन सञ्चालन, अभिभावक सम्बन्ध सुधार, व्यवस्थापनमा सहकार्य र शिक्षक तालिममा सहकार्य गर्ने गरी सो  समझदारी पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार  सि.एस.एन ले  वडा नं ६ को भद्रकाली आधारभुत विद्यालय, वडा नं १२ को बाल कुमारी आधारभुत विद्यालय र वडा नं १३ को जनउद्दार माध्यमिक विद्यालयमा काम गर्ने गरी सम्झौता भएको हो।
समझदारी पत्रमा नगरपालिकाको तर्फ बाट प्रमुख प्रशासकिय अधिकृत वैकुण्ठ सापकोटाले हस्ताक्षर गरेका थिए भने  सि.एस.एन र विद्यालय व्यवस्थापन समितिको तर्फबाट पनि हस्ताक्षर गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।