बालकुमारी आधारभूत विद्यालय बुढानिलकण्ठ -१२ का अभिभावकहरुलाई परामर्श प्रदान

बालकुमारी आधारभूत विद्यालय बुढानिलकण्ठ -१२ का अभिभावकहरुलाई परामर्श प्रदान

कपन अनलाइन

काठमाडौं ,असोज ४।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को एक मात्र सामुदायिक विद्यालय बालकुमारी आधारभूत विद्यालयका अभिभावकहरुलाई परामर्श प्रदान गरिएको छ । कोभिड -१९ को महामारीको विषम परिस्थितिमा पनि विद्यार्थीहरुको शैक्षिक गतिविधिलाई बैकल्पिक रुपमा संचालन गर्दै शैक्षिक क्षेती न्यूनीकरण गर्नका लागि सो कार्यक्रम गरिएको विद्यालयले जानकारी दिएको छ ।

बुढानिलकण्ठ नगरपालिकाको शिक्षा शाखाका अधिकृत इन्द्र दाहालको उपस्थितिमा भएको सो कर्यक्रममा बिद्यार्थीहरुको शैक्षणिक क्षति कम गर्नका लागि गरिएको कार्य पुस्तिका वितरण गरिएको थियो।

विद्यालयको भौतिक र शैक्षिक सुधारलाई प्राथमिकतामा राखेर योजना बनाएर विभिन्न कार्यक्रमहरु अगाडी बढाएको सो विद्यालयले अन्य रचनात्मक गतिविधिलाई पनि प्राथमिकतामा राखेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार राज पुडासैनीले बताएका छन।

अवका दिनमा विद्यार्थीहरुको प्रतिभा ,क्षेमता र कलाको प्रवर्धन र शिक्षक शिक्षिकाको पेशागत शिप र दक्षतालाई अभिवृद्धि गर्दै सो विद्यालयको सुधार तथा विस्तार गरिने उनले जानकारी दिएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।