कागेश्वरी मनोहरा नगरपालिकाको असोज ४ गते सम्मको कोरोना अपडेट
कपन अनलाइन
काठमाडौं, असोज ५। कागेश्वरी मनोहरा नगरपालिकामा बैशाख १ गते देखि असोज ४ गते सम्ममा कुल २६९ जना कोरोना संक्रमित मध्ये १३९जनाले कोरोना जितेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए। उनले हाल नगरपालिकामा १२७ जना सक्रिय संक्रमित रहेको जानकारी गराए ।उनले नगरपालिका भित्र हाल सम्म ३ जना दिर्घ रोगीको कोरोना संक्रमणका कारण मृत्यु भएको पनि बताए।
उनले कागेश्वरी मनोहरा नगरपालिकाले नेपालमै पहिलो पटक एन्टिजेन प्रबिधिबाट स्वाब संकलन गरि दुई हजारमा कोरोना परिक्षण सेवा सुरु भएको बताउदै उनले यो प्रबिधिबाट कोरोना परिक्षण गर्दा आधा घण्टामा नै रिपोर्ट आउने बताए। उनले हाल सम्म २ एन्टिजेन प्रबिधिबाट १८ जना पुरुष र २ जना महिला गरि कुल २० जनाको सो प्रबिधि बाट कोरोना परिक्षण गरिएको बताए ।
नगरपालिकाले हाल सम्म पी सी आर २४१३ जना पुरुष र ११७७ जना महिला गरि कुल३५९० जनाको पिसी आर परिक्षण गरिएको जानकारी दिदै हाल सम्म १३४४ जनाको आर डी टि परिक्षण गरिएकोमा सो आर डी टि परिक्षण हाल बन्द गरिएको पनि जानकारी गराए ।२०७७ बैशाख १ गते देखि २०७७ आश्विन ४ गते सम्म कागेश्वरी मनोहरा नगरपालिका मा कोरोना संक्रमित वडागत बिवरण निम्न रहेको पनि बताए ।
वडा नं. १ मा = १२ जना
वडा नं. २ मा = ८ जना
वडा नं. ३ मा = ६ जना
वडा नं. ४ मा = ९ जना
वडा नं. ५ मा = १८ जना
वडा नं.६ मा = ६१ जना
वडा नं. ७ मा = ४५ जना
वडा नं. ८ मा = २७ जना
वडा नं. ९ मा = ८३ जना रहेको बताए।
उनले नगरपालिका भित्र होम आइसोलेसनमा ९३जना रहेको त्यसै गरि मुलपानी नगर अस्पतालमा १४ जना रहेको र बिभिन्न अस्पतालमा २० जना गरि कुल आइसोलेसनमा १२७ जना रहेको जानकारी दिदै सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराए। उनले नगरपालिकामा हाल सम्म तीन जना दिर्घ रोगीको कोरोना संक्रमण बाट मृत्यु भएको जानकारी गराए ।