असिमित चाहना : ममता मृदुल (कथा)

असिमित चाहना : ममता मृदुल (कथा)

कपन अनलाइन

काठमाडौं ,असोज ३।

‘दशैं आयो । यसपाली दशैंमा त अरु बर्ष जस्तो नगर्नु होला मैले पहिले भनेकी छु । मलाई सुतीको सारी किनी दिएर टार्न पाईदैन् । बरु किन्न सक्दीन भन्नु मैले भनेको सुन्दै हुनुहुन्छ नी’ आराधनाले बालकृष्णलाई भनिन् बालकृष्ण केही बोलेनन् । सत्तरी नाघेका बुबाआमा घरमा छन् । टिका लगाउने मान्छेको धुइरो लाग्छ । खाना पनि दिनै पर्यो  ।

जिल्ला प्रशासन कर्यालयमा सुब्बाको जागीर छ । टाउकोमा बोकेको समस्याको भारी बिसाउने चौतारो छैन् । आमाले भन्नुहुन्छ नारी भनेको धर्ती हुन अनेकौं पिडा मुस्कुराएर सहन्छिन् । तर केही भन्न पनि भएको छैन् । बालकृष्ण मौन् बस्छन् । बोलेको कुरा पुर्याउन  नसक्नेले नबोल्नु बेश हुन्छ । चुपचाप कोठामा बसेका छन् । एकछिन पछि छोरी आईन् । बालकृष्णको अनुहारमा हेर्दै ‘बाबा खसी कहिले ल्याउने’ भनेर सोधिन् । बालकृष्ण फिस्स हाँसे जवाफ दिएनन् ।
सात जना छोरामा कान्छो छोरा बालकृष्ण हुन् । बा–आमा कान्छो छोरासगँ बस्ने भए । पहाडको खेत पाखावारी घर बेचेर आएको पैसा नौ भाग लाग्यो । बा आमा समेतको भागको रकम हालेर टंकीसिनबारीमा एक कट्ठा घडेरी किने । आमाको सुन बेचे । बालकृष्ण सञ्चयकोषबाट सापटी रकम झिके । सबै पैसा मिलाए पछि चारकोठा पक्की घर वनेको थियो ।

आराधनासँग बिहे हुँदा यो घर बनी सकेको थियो । पुरानो कुरा सम्झदै बालकृष्णले सोचे । बा–आमाको वृद्धभत्ता पनि आउँछ । पहिले पनि आमाले दिनु– हुन्थ्यो । यसपाली आफैँ भन्नुपर्यो  दशै खर्चले दशै टदैन् । मनका कुरा मनमा पोको पारे होस पछि भनौला दशैं अझै बिस दिन पछि आउँछ ।
बालकृष्ण नौ बजे कार्यालय जान हिडे । बालकृष्ण गए पछि आराधनालाई बोलाउदै सुनन्दा आइन् । दुईजना कोठामा बसेर गफ गरीरहेका थिए । सुनन्दाको हातमा भएको फोन बज्न थाल्यो । फोनमा कुरा गर्दागर्दै
उठिन । म आउछु भनेर फोन काटिन । सुनन्दाको हात समाएर अनुराधाले भनिन् –‘दिदी मलाई पनि काम खोजि दिनु न एक जानाको कमाइले घर चलाउन मुस्किल परेको छ तपाईको घर देख्दा त मलाई खुशी लाग्छ । दाजु को र मेरो बुदाको तलब उस्तै त होनी तर तपाईले कमाएको कस्तो राम्रो छ । मलाई पनि आफुसगैँ लैजानुस् न ।’

सुनन्दा चुपचाप उभिइरहिन के भन्ने नभन्ने विचार गदै भनिन् । ‘बैनी तपाई यस्तो सुखमा बसेको मान्छेले के काम गर्नु हुन्थ्यो । म त धेरै दुःख गर्छु। फेरी जतिबेला बोलाए पनि जानुपर्छ नाई भन्न पाइदैन तर पैसा त राम्रो कमाइ हुन्छ ।’
अनुराधाले मनमनै सोचिन ‘कहिल्यै आफ्नो लागि सय रुपैया खर्च गर्न पुग्दैन बरु सुनन्दासँग काममा जान्छु’ जिद्धी गर्न थालिन् । सुनन्दा अल्योलमा परिना फेरी साहुलाई फोन गरिन् । म साथी लिएर आउभन्दा साहुले हुन्छ भनिदियो ।
सुनन्दाले आराधनालाई सगैँ लिएर आउँदा बाटोमा आफुले गर्ने काम बारे भनिदिइन् । आराधना पनि त्यो काम गर्न मञ्जुर भइन् । आराधनालाई पैसाको कमी हुन छाड्यो । घरमा खसी आयो सबैलाई नयाँ कपडा किनिन् फ्रिज, कपडा धुने मेसिन, भित्ते टि.भी. सामान थपिदै गए बालकृष्ण केही नवोली हेरिरहेका थिए । कहाँबाट यि सामान आयो सोधेनन् ।
दशै रमाइलोसँग बित्यो । तिहार आउन लागेको छ । आराधनाका असिमित चाहाना पूरा भै रहेको छ । पैसा प्रतिको मोहले आराधाना गलत बाटोमा त हिडीनन् । कहिलेकाही बालकृष्णलाई लाग्छ ।

उनको आराधनालाई सम्झाउने कोसिस गरे । आराधनालाई सम्झाउनु भनेको फलामको चिउरा चबाउनु जस्तै भयो । आराधनाको व्यवहारबाट बालकृष्ण धेरै चिन्तित भए तर रोक्न सकेनन् । बालकृष्णले आराधनाको असिमित चाहाना पूरा गर्न सक्दैन थिए । त्यही भएर मौन बस्नु ठिक ठाने । जिल्ला प्रशासनको मुद्दा फाँटमा काम गर्ने बालकृष्ण अपराध बारे अनभिज्ञ छैनन् । तर नारीहरूको अगाडि उनको जो चलेन ।
आज पनि आराधना र सुन्दा एघार बजे घरबाट निस्के बालकृष्ण कार्यालयबाट काम गरेर बसेको थिए ।

चार बाजे प्रहरीले होटल छापा मार्दा समातेका मानिसलाई म्याद थप गर्न ल्याए । बालकृष्णले म्याद थप गर्ने मिसिलमा नाम पढ्दा पढ्दै अडिए र अन्तिम नाम आराधनाको थियो । विश्वास लागेन ल्याएका मानिसको अनुहारमा हेरे आराधना टाउको निहुराएर भित्तामा उभिइ रहेकी थिइन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।