खै किन हो ? सुष्मा आचार्य (कविता )

खै किन हो ?  सुष्मा आचार्य (कविता )

कपन अनलाइन

काठमाडौं ,असोज ३।

खै किन हो ? तिम्रो आकृतिको
स्मरणले तर्साइरहन्छ मलाई
तिम्रो प्रतिबिम्बको झझल्कोले
सताइरहन्छ मेरो मनलाई ।
खै किन हो साथ बिताएका पलहरूको
यादले तड्पाइरहन्छ मलाई
तिम्रो स्मृतिको छालहरूले
धड्कन तेज बनाई
बिक्षिप्त बनाइदिन्छ हृदयलाई ।
खै किन हो ? तिम्रो अस्तित्वको
अनुभुती भईरहन्छ वरीपरी
अश्रुहरू आँखामा छचल्की रहन्छ
सायद तिम्रै यादमा जीवनभरी ।
खै किन हो ? विस्मृत हुनै दिँदैन
मेरो मष्तिष्कबाट एक पल पनि
बिपनीमा कल्पिने मात्र होइन
हरेकपल आउँछौ सपनीमा पनि ।
खै किन हो ? तिम्रो मुहारको
एक दृष्टिकोे निम्ति
नयनहरू एकतमासले हेरिरहन्छन्
झिमिक्क नगरी तिमी हिड्ने घुम्ती ।
खै किन हो चर्मचक्षु त बन्द गर्छु
तिम्रो आवरण बिर्सिनको निम्ति
स्मरणहरूले चस्सचस्स घोची आलो बनाइदिन्छ
आउँदैन कमी तिम्रो तृष्णामा एक चिम्टी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।