विवाह :तिलक पोखरेल (कविता )

विवाह :तिलक पोखरेल (कविता )

कपन अनलाइन

काठमाडौं ,असोज ३।

मौरीको घार
आकारमा गोल छ

रस निचोर्दा
एकदम गुलियो…..

सम्हाल्नुपर्ने र
संहार गर्नुपर्ने
परिस्थितिको गोल
सुन्दर नै हुन्छ….

बन्धनको परिभाषा
भयानक छ
र पनि सुन्दर छ

सम्बन्धको गाँठो
अल्झिन सक्छ
तर
अल्झिनुमा पनि खुसी छ

बाँच्नु धर्म हो भने
बाँच्न जान्नु कला हो

हाँस्नु धर्म हो भने
हाँस्न जान्नु कला हो

समझदारी नीति हो
तर बुझ्न जान्नु कला हो

विवाह नीतिको खेल हो
तर विवाहित जीवनमा बाँच्न जान्नु
कला पनि हो धर्म पनि हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।