संसदीय उपसमिति द्वारा भक्तपुर र काभ्रे पलान्चोकका अस्पताल र आइसोलेसन केन्द्रहरुको निरीक्षण
कपन अनलाइन
काठमाडौं ,असोज २।
संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमितिले असोज १ गते बिहिवार दुवाकोट अस्पताल( के.एम.सि), भक्तपुर अस्पताल , सहिद धर्मभक्त रास्ट्रीय प्रत्यारोपन केन्द्र भक्तपुर , काठमाडौ बिश्वबिद्धालय धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका कोभिड १९ क्वारेन्टाइन र बागमती प्रदेश अन्तर्गत जनस्वास्थ्य प्रयोगशाला धुलिखेलको अनुगमन गरेको छ ।
उपसमितिका संयोजक माननीय जीवन राम श्रेष्ठ ,मा अन्जना बिशन्खे, सरिता न्यौपाने , एकबाल मिया, नमिता चौधरी , उपसमितिका सचिव अमित कुमार यादव, सचिवालयका कर्मचारी नारायण बस्नेत सहितको टोलिले ति स्थानहरुको स्थलगत अनुगमन गरेको थियो ।
उक्त अनुगमनमा संसदीय टोलि सहित भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालय भक्तपुरको प्रमुख एसपी तारा देवि थापा, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यन्जू, सुर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत समेतको सहभागिता रहेको थियो ।
प्रत्येक स्थानको अनुगमनको क्रममा भेटिएका कमिकमजोरीलाई तुरुन्त सच्याउन टोलिले निर्देशन दिदै त्यहाँका समस्याहरु तथा सुझावहरुको सम्बन्धमा संयोजक जीवन राम श्रेष्ठले तुरुन्त सरकार संग पहल गर्ने बताएका छन।