मलाई मेरै माटो सित प्यार छ (गजल )

मलाई मेरै माटो सित प्यार छ (गजल )

कपन अनलाइन

काठमाडौँ, भाद्र ३१ /बिनोद चालिसे

मलाई मेरै माटोसित प्यार छ।
मलाई मेरै माटोको आधार छ।।

अझै पुगेन बिजुली अड्डा मेरो गाउँमा
टुकीले छाडेन अझै,गाउँ अन्धकार छ।

बा वर्षैभरि जोत्नुहुन्छ हलो पाखामा
भरपेट भोजनमा भने हाहाकार छ।

सुन्दर संसारको  सपना देख्नुछ आज
सिरानीमा साहुको तमसुक,तरबार छ।

विदेशीऊ कि भन्छु-कमाउन मैपनि
हिजै पल्लाघरे बाकसमा फर्केको ,समाचार छ।

(गजलकार बुढानिलकण्ठ नगरपालिका वडा ११ का स्थायी बासी हुन भने  नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ का सचिब समेत हुन।)

तपाइँको प्रतिक्रिया ।