Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/119164020_769193203863919_5334089816572346074_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिकामा भाद्र ३० सम्म १२५ जनाले कोरोनालाइ परास्त गरे

कपन अनलाइन

काठमाडौँ, भाद्र ३१ गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भाद्र ३० गते सम्मको कोरोनाको अवस्थाको बारेमा जानकारी गराएको छ ।जस अन्तर्गत भाद्र ३० गते सम्म गोकर्णेश्वर नगरपालिका भित्र १५२ जना पुरुष र ११४ जना महिला गरि कुल २६६ जना कोरोना संक्रमित भेटिएको जानकारी गराएको छ भने ७८ जना पुरुष र ४७ जना महिला गरि १२५ जनाले कोरोना जितेको उल्लेख गरिएको छ ।

त्यसै गरि हाल सम्म नगरपालिका भित्र १ जनाको मात्र कोरोना बाट मृत्यु भएको जानकारी गराएको छ । हाल सम्म नगरपालिका भित्र ७७ जना पुरुष र ६३ जना महिला गरि कुल १४० जना सक्रिय संक्रमित रहेको जसमा ६२ जना पुरुष र ५० जना महिला गरि कुल १४० जना होम आइसोलेसन र १५ जना पुरुष १३ जना महिला गरि कुल २८ जना अस्पतालको आइसोलेसनमा रहेको उल्लेख गरीएको छ । जसमा क्रिटिकल केयरमा ४ जना पुरुष र १ जना महिला गरि ५ जना रहेको जानकारी गराइएको छ ।हाल सम्म नगरपालिकाले ६४२ जना पुरुष र २२५ जना महिला गरि कुल ८६७ जनाको आर डी टि परिक्षण गरेको हाल सो आर डी टि परिक्षण बन्द गरिएको जानकारी गराइएको छ।

त्यसैगरि हाल सम्म नगरपालिकाले ६७२ जना पुरुष र ५७८ जना महिला गरि कुल १२५० जनाको पि सी आर परिक्षण गरेको उल्लेख गरिएको  छ। त्यस्तै गरि हाल सम्म ११०६ जनाको कन्ट्याक्ट ट्रेसिंग गरिएको जानकारी गराउदै त्यस मध्ये ६३ जना पुरुष र ४७ जना महिला गरि कुल ११० जनामा कोरोना संक्रमण भेटिएको जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।