सभामुख अग्नि प्रसाद सापकोटा संग शिक्षा तथा स्वास्थ समितीको छलफल

सभामुख अग्नि प्रसाद सापकोटा संग शिक्षा तथा स्वास्थ समितीको छलफल

कपन अनलाइन

काठमाडौं ,भाद्र ३१।

संघीय संसद प्रतिनिधि सभाका  सभामुख सम्माननीय अग्नि प्रसाद सापकोटा संग शिक्षा तथा स्वास्थ समितीका सभापती माननीय जयपुरी घर्ती र कोभिड १९ को कामको अनुगमन गर्न गठित उपसमितिका संयोजक माननीय जीवनराम श्रेष्ठले भेटघाट गरेका छन ।

सरकारले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा भैरहेको कामको बारेमा हालसम्म भएका अनुगमनमा देखिएको अवस्था बारे जानकारी गराउदै उपत्यका बाहिर अन्य प्रदेशहरूमा अनुगमनको लागि जान सहमतिको लागि सो  छलफल भएको थियो।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ समितीले श्रेष्ठको संयोजकत्वमा बनाएको उपसमितिले काठमाडौंका अस्पताल ,आइसोलेसन केन्द्र तथा अन्य तयारीका वारेमा स्थलगत अनुगमन गरेपछि सभामुख संग भेट गरेर त्यहाको अवस्थाका वारेमा जानकारी गराएको हो।

तपाइँको प्रतिक्रिया ।