कोरोना संक्रमण जितेका छिमेकीलाई निलवाराही टोल बिकास समितिको सदभाव

कोरोना संक्रमण जितेका छिमेकीलाई निलवाराही टोल बिकास समितिको सदभाव

कपन अनलाइन

काठमाडौं ,भाद्र २८ / शिरिष पौडेल

कोरोना भाइरसले यतिबेला संसारभर माहामारीको अवस्था सृजना गरेको छ ।अहिले हामी सामुदायिक स्तरको संक्रमणबाट आक्रान्त छौ । हाम्रै समुदायमा पनि एक पछि अर्को संक्रमितको संख्या थपिदै आइरहेको छ ।

आजभोलि समाजमा संक्रमण फैलिनु को समस्या त छँदै छ , त्यससँगै अस्पताल लगाएतका संक्रमणको उच्च जोखिम रहेको क्षेत्रको अग्रपङ्त्तिमा रहेर काम गर्ने र स्वयमं संक्रमितलाई नै समाजबाट बहिष्कृत हुनु परेको हेपिनु परेको समस्याहरू आजभोलि बाहिर आउन थालेका छन् ।

झन् हौसला र प्रेरणा पाउने बेलाका उनीहरुले आफ्नै समाजबाट हेला र बहिष्कार पाउने गरेको समाचार बाहिर आउने गरेको छ । संक्रमणको जोखिममा रहेकालाई मात्र नभई संक्रमणबाट मुक्त भइसकेकाहरुलाई पनि कति ठाँउमा समाजले नराम्रो दृष्टिकोणले हेर्ने ,बहिष्कार गर्ने जस्ता कुराहरु बाहिर आउन थालेको छ । यसै बिच बुढानिलकण्ठ वडा नं २ भंगाल स्थित निलबाराही टोल बिकास समितिले भने संक्रमणबाट मुक्त भएका एउटै परिवारका तीन सदस्यलाई एउटा सानो कार्यक्रम गरेर समाजको दैनिक गतिविधिमा स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ।

कार्यक्रममा उपस्थित निलवाराही टोल विकास समितिका अध्यक्ष पासाङ तेम्वा शेर्पाले खादा ओडाएर रोग सँग बिजय हासिल गरेका तीन जानालाई बधाई ज्ञापन गरेका छन् । यस साथै उनले आगामी दिनमा यस टोलमा बस्दै आएका जो कोहिलाई पनि कोरोना भाइरसका कारण कठिनाई आएमा यस समिति कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको बताएका छन् ।

यसै समितिका सचिव शंकर बिमलीले बधाई ज्ञापन गर्दै समाजले कोहि संक्रमितलाई पनि नराम्रो व्यवहार गर्न नहुने र उनीहरुलाई थप सद्भाव र हौसला प्रदान गर्नु पर्ने बताए । यस साथै उनले समाजले छि छि दुर्रदुर्र नगरीकन संक्रमितलाई झन आत्मविश्वास प्रदान गरेमा मात्र संक्रमितमा समाजबाट राम्रो संदेश जाने र थप उर्जा प्रदान हुने बताएका छन् ।

उक्त कार्यक्रममा उपस्थित टोल बिकास समितिका सदस्यहरुका बिच बुढानिलकण्ठ वडा नं २ का वडा सदस्य ज्ञानु कार्की थापाले खादा ओडाएर शुभकामना ज्ञापन गर्दै यस वडा संक्रमितको हेरविचारमा पूर्ण रुपमा प्रतिबद्द रहेको र संक्रमितको सुस्वास्थयको लागी वडा कुनै किसिमको कदम चाल्न पनि तयार रहेको बताएकि छन् ।

यसका साथै उनले कोहि समाजमा कसैलाई संक्रमणको लक्षण देखिएमा वा शंका भएमा तुरुन्तै वडा कार्यलयलाई सम्पर्क गर्न समेत आग्रह गरेकि छन् । संक्रमित नगरपालिकाको निगरानिमा आफ्नै घरमा होम आइसोलेसनमा बस्दै आएका थिए ।

उनले संक्रमित भएदेखि निको भइन्जेल सम्मको अवस्थासम्म आइपुग्दा आफ्नो परिवारले वडाबाट र आफ्नो समुदायबाट निकै सहयोग र सद्भाव प्राप्त गरेकाले थप उर्जा प्रदान भएको भन्दै सम्पूर्णलाई विशेष धन्यबाद तथा आभार व्यक्त गरेका छन् ।

उनले आफु आइसोलेसनमा बस्दा घरमा नै जडिवुटिहरुको प्रयोग , नियमित व्यायम र पौष्टिक आहारको प्रयोग गरेको बताउदै उपस्थित सबैलाई विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् ।

(शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।