बुढानिलकण्ठ नगरपालिकामा युवा उधमशिलता र परिचालनका लागि छलफल

बुढानिलकण्ठ नगरपालिकामा युवा उधमशिलता र परिचालनका लागि छलफल

कपन अनलाइन

काठमाडौं ,भाद्र २८।

बुढानिलकण्ठ नगरपालिकामा युवा उधमशिलता र परिचालनका लागि छलफल गरिएको छ। बुढानिलकण्ठ नगरपालिकाले नीति तथा कार्यक्रममा समावेस गरेका विभिन्न कार्यक्रम तथा योजनाहरुका वारेमा नगरपालिकाका विभिन्न संघ संस्था ,युवा क्लव र खेलकुद क्षेत्रका युवाहरु संग छलफल गरेको हो।

 

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल,प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा ,शिक्षा ,युवा तथा खेलकुद शाखाका प्रमुख जगन्नाथ उपाध्याय लगायतको उपस्थितिमा युवाहरुको उधमशिलता विकास ,प्रतिभा प्रवर्धन खेल तथा खेलाडी प्रोत्साहन लगायतका विषयमा छलफल गरिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिएका छन।

 

बुढानिलकण्ठ नगरपालिकाका युवाहरुलाई उत्पादन मुलक कार्यक्रम र योजनामा युवाहरुको सहभागिता र भूमिकाका वारेमा युवाहरु संग प्रत्यक्ष संवादको शुरुवात गरेको बताउदै  प्रवक्ता भट्टराईले युवा क्लवहरुको सूचीकरण र परिचालनका वारेमा छलफल भएको बताएका छन।

त्यस्तै नगरपालिकाका युवा जनशक्तिहरुको सूचीकरण गरि रोजगार परियोजना प्रस्ताव गर्ने वारेमा भएको छलफलमा सहभागी युवाहरुले लिखित तथा मौखिक सुझाव दिएका थिए।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।