कागेश्वरी मनोहरा नगरपालिकामा एन्टिजेन प्रविधि बाट आधा घण्टामा पी. सी.आर रिपोर्ट पाइने

कागेश्वरी मनोहरा नगरपालिकामा एन्टिजेन प्रविधि बाट आधा घण्टामा पी. सी.आर रिपोर्ट पाइने

कपन अनलाइन

काठमाडौँ, भाद्र २८ कागेश्वरी मनोहरा नगरपालिकाले नेपालमै पहिलो पटक एन्टिजेन प्रविधिबाट आधा घण्टा मै  कोरोना रिपोर्ट दिन मिल्ने गरी सेवा शुरु गर्न लागेको छ ।नेपालमै पहिलो पटक शुरु हुन लागेको एन्टिजेन प्रविधिबाट रु. २ हजारमा कोरोना परिक्षण  गरेको आधा घण्टामा रिपोर्ट पाउँने गरी सेवा प्रदान गर्न लागिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी  गराए ।

नगरपालिकाले यसका लागि आवश्यक सम्पूर्ण तयारी गरिसकेको नगर प्रमुख थापाले बताए ।उनले सो सेवा आगामी अशोज १ गतेबाट मुलपानी नगर अस्पतालमा शुरु गर्न लागिएको बताए   ।यो सेवा कोरोना परिक्षणका लागि छिटो, छरितो, भरपर्दो र सस्तो हुने नगर प्रमुखको भनाई रहेको  छ । उनले एन्टिजेन प्रबिधिबाट कोरोना परिक्षण गराउन चहाने जोकोहिलाई मुलपानी नगर अस्पतालमा सम्पर्क राख्न  अनुरोध  गरेका छन् ।

विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न सबैलाइ  नगर प्रमुख थापाले आग्रह  गर्दै कागेश्वरी मनोहरा नगरपालिका कोभिडको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनमा लागिपरेको बताउदै नगर प्रमुख थापाले कोभिडलाई समूदायस्तरमा फैलिन नदिन सबै जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु लागिपरेको पनि  बताए ।

 

तपाइँको प्रतिक्रिया ।