तारकेश्वर नगरपालिका वडा नं ६ का विपन्न तथा दैनिक मजदुरी गर्ने व्यक्तिहरुलाई  सहयोग

तारकेश्वर नगरपालिका वडा नं ६ का विपन्न तथा दैनिक मजदुरी गर्ने व्यक्तिहरुलाई  सहयोग

कपन अनलाइन

काठमाडौं ,भाद्र २८।

तारकेश्वर नगरपालिका वडा नं ६ का विपन्न तथा दैनिक मजदुरी गर्ने व्यक्तिहरुलाई  सहयोग  गरिएको छ। वडा नं ६ का समाजसेवी खेलाडी बिक्रम खड्गी, सुवास रेग्मी, रोशन आचार्य लगायत तारकेश्वरका अभियन्ता र समाजसेवीहरुको समुहको सहयोगमा शनिवार तारकेश्वर नगरपालिका वडा नं ६ मा सहयोग वितरण गरिएको हो।

सो अवसरमा  लकडाउनको असरले मारमा परेका ज्याला मजदुरी गर्ने, असहाय, विपन्न, अपाङ्ग र निम्न आय भएका ब्यक्तिहरुलाई सहयोग प्रदान गरिएको हो ।

उक्त सहयोग  वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता बिष्णुभक्त तिमिल्सिना, मानवअधिकारवादी हरी तिमिल्सिना, नेपाली कांग्रेस वडा नं ६ का सभापति बिनोद भट्ट लगायतको उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।