बुढानिलकण्ठ नगरपालिकालाई राहत शिक्षक समितिको ध्यानाकर्षण
कपन अनलाइन
काठमाडौं ,भाद्र २५।
बुढानिलकण्ठ नगरपालिकालाई राहत शिक्षक समितिले विभिन्न माग राखेर ध्यानाकर्षण पत्र बुझाएको छ।नेपाल राहत शिक्षक समिति केन्द्रको प्रत्येक तहमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय अनिसार बुढानिलकण्ठ राहत शिक्षक समितिले नगर प्रमुख उद्दव खरेललाई विभिन्न माग समेटिएको पत्र बुझाएको थियो।
बुढानिलकण्ठ राहत शिक्षक समितिका संयोजक जय कुमार श्रेष्ठ र सचिव नारायण खड्काको नेतृत्वमा रहेको टोलीमा विभिन्न विद्यालयमा अध्यापन गर्दै आएका राहत शिक्षकहरुको सहभागिता रहेको थियो।
नेपाल सरकारले शिक्षकहरुको दरवन्दी मिलानका लागि भन्दै हजारौ राहत शिक्षकहरुलाई दरवन्दी मिलान पुलमा राखे पछी आन्दोलित भएका राहत शिक्षकहरुले दरवन्दी कायम गर्नु पर्ने भन्दै अन्यथा भएमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।
ध्यानाकर्षण पत्र :
तपाइँको प्रतिक्रिया ।