चाँगुनारायण नगरपालिकाका छात्रा र युवाहरुका लागि विशेष उपहार,शिक्षा र रोजगार

चाँगुनारायण नगरपालिकाका छात्रा र युवाहरुका लागि विशेष उपहार,शिक्षा र रोजगार

कपन अनलाइन

भक्तपुर ,भाद्र २५।

चाँगुनारायण  नगरपालिकाले ‘बचत खाता छोरीको, सुरक्षा जिवनभरिको’ र ‘मेयर उधमशिलता कार्यक्रम’ सञ्चालनका लागि नेपाल बैंकसँग सम्झौता गरेको छ ।

नगरप्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बिना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अग्‍नि प्रसाद अधिकारी लगायतको उपस्थितिमा नगरपालिकाका वडा नं. ३ का अध्यक्ष श्यामसुन्दर धिमाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

उक्त सम्झौता अनुसार  चाँगुनारायण नगरपालिकाका  स्थानीय छात्राहरूको एक बैंक खाता खोलि उक्त   खातामा नगरपालिकाले प्रत्येक वर्ष ४ हजार रूपैयाँ जम्मा गरिदिने छ ।

नगर क्षेत्रमा बालविवाह, स्कुल ड्रपआउट संख्या घटाउनु साथै सामुदायिक विद्यालय प्रतिको आकषर्ण बढाउने उदेस्यले संचालन गरिने सो कार्यक्रममा  खातामा जम्मा भएको रकम छात्राहरूले सामुदायिक विद्यालयबाटै मावि तह पास गरेपछि मात्र झिक्न पाउने छन् ।

यस्तै ‘मेयर उधमशिलता कार्यक्रम’ अन्तर्गत चाँगुनारायण नगरपालिकाले उधमशिलता प्रबर्द्धन गर्ने  सम्झौता अनुसार नगरपालिकाले सञ्चालन गर्न लागेको कार्यक्रमअन्तर्गत नगरपालिका भित्र उद्यम गर्न चहाने बेरोजगार युवा र विदेशबाट विभिन्‍न कारणले स्वदेश फिर्ता भएका युवालाई ३ लाख रूपैयाँसम्म ऋणको नेपाल बैंकले उपलब्ध गराउने छ । उक्त ऋणको ब्याज नगरपालिकाले व्यहोर्ने छ ।

तपाइँको प्रतिक्रिया ।