संविधान दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसन काठमाडौंले सप्ताह ब्यापी कार्यक्रम गर्ने

संविधान दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसन काठमाडौंले सप्ताह ब्यापी कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं ,भाद्र २४।

संविधान दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसन काठमाडौंले सप्ताह ब्यापी कार्यक्रम गर्ने भएको छ। मदन भण्डारी फाउन्डेसन काठमाडौं जिल्ला कमिटि सचिवालयको बैठकले संविधान दिवसको अवसरमा विचार गोष्ठी,रक्तदान,निवन्ध प्रतियोगिता र सरसफाई लगायतका कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको हो।

मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा बसेको बैठकले असोज १ गते देखि ७ गते सम्म काठमाडौं जिल्लाका ११ वटै स्थानीय तह र विधुतीय माध्यम बाट विश्व भरि नै विभिन्न कार्यकम गर्ने निर्णय गरेको हो।

सो सप्ताह ब्यापी कार्यक्रममा नेपालको संबिधान र मदन भण्डारी  विषयक निवन्ध लेखन प्रतियोगिता तथा मौलिक हक र जनताको बहुदलीय जनवाद विषयक विचार गोष्ठी पनि आयोजना गर्नुका साथै असोज ३ गते घर घरमा  र सार्वजनिक निकायहरुमा सॉझ ६ बजे रास्ट्रिय झण्डा सहित दिपावलि गर्न आव्हान गर्ने निर्णय गरिएको फाउन्डेसन काठमाडौंले जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।