टोखा नगरपालिका वडा नं २ मा ९५ जनाको स्वाब संकलन

टोखा नगरपालिका वडा नं २ मा ९५ जनाको स्वाब संकलन

कपन अनलाइन

काठमाडौं ,भाद्र २४

पीसीआर परीक्षणका लागि टोखा नगरपालिका वडा नं २ मा ९५ जनाको स्वाब संकलन गरिएको छ।

टोखा नगरपालिकाको एक वडा १०० पीसीआर कार्यक्रम अन्तर्गत बुधबार २ वडाका व्यापार व्यवसायी, अग्रपंग्तिमा रहेर काम गर्ने स्वयम सेवक, जनप्रतिनिधि, पत्रकार लगाएत ९५ जनाको कोरोना भाइरसर संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको वडा अध्यक्ष दिपक राज जोशीले बताएका छन।

हालसम्म २ वडामा कुनै पनि संक्रमित नदेखिएको भन्दै उनले  अहिले १ जना देखिएका ब्यक्तिको स्थायी बसोबास ३ मा रहेको र हाल अस्थायी रुपमा २ वडामा बसोबास गरिरहेको समेत  जानकारी दिएका छन।

कोरोना भाइरसर संक्रमण न्यूनीकरणका लागि वडामा क्लोरिन छर्कनेदेखि लिए कोरोना भाइरस सम्बन्धि जनचेतना तथा सचेतना कार्यक्रमहरुसमेत भैरहेको उनले बताए ।फोटो सौजन्य :न्युज अफ  टोखा

तपाइँको प्रतिक्रिया ।