शिक्षक दरवन्दी मिलान तत्काल स्थगित गर्न उपत्यका नगरपालिका फोरमको माग

शिक्षक दरवन्दी मिलान तत्काल स्थगित गर्न उपत्यका नगरपालिका फोरमको माग

कपन अनलाइन

काठमाडौं ,भाद्र २४।

उपत्यका नगरपालिका फोरमले सामुदायिक विद्यालयका शिक्षकहरुको दरबन्दी मिलान कार्य स्थगित गर्न माग गरेको छ।काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य कोरोना संक्रमणका कारण होम आइसोलेसनमै रहेका कारण फोरमका   उपाध्यक्ष लालितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकले शिक्षकहरुको तलबभत्ता तत्काल निकासा गर्न पनि सरकारसँग माग गरेको छ ।

त्यस्तै बैठकले  २०२८ सालमा जारी शिक्षा ऐन र यसका प्रबन्धका आधारमा  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थालेको शिक्षक दरबन्दी मिलानको प्रक्रिया रोक्न पत्राचार गर्ने  निर्णय गर्दै शिक्षक बिद्यार्थीको अनुपातमा नभई  बिषयगत आधारमा दरबन्दी तयार गर्नुपर्नेमा जोड दिनुपर्ने निर्णय  गरेको छ।

नेपाल सरकारले अहिले शुरु गरेको दरवन्दी मिलान प्रक्रियाको विरोधमा विभिन्न शिक्षक संघ संगठनले आन्दोलन गर्ने चेतावनी दिएका छन भने सरकारले २०७७/७८ को तलव रोकेको छ।

सरकारले स्थानीय तहका शिक्षा शाखाहरुलाई दरवन्दी मिलानका लागि निर्देशन दिए पछी स्थानीय तहहरुले अभिलेख पठाएका थिए।काठमाडौं जिल्लामा मात्र १०६४ जना शिक्षक दरवन्दी मिलानको पुलमा परेका छन।

त्यस्तै हाल सम्म सरकारले दरवन्दी भनेर नस्विकारेका राहत शिक्षकहरुलाई पनि मिलानमा राखे पछी राहत शिक्षक संघर्ष समितिले हरेक स्थानीय तहमा ज्ञापनपत्र बुझाउदै कानुनी लडाईमा जाने निर्णय गरेको छ भने नेपाल शिक्षक संघले पनि सरकारको निर्णय नमान्ने घोषणा गरेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।