गोकर्णेश्वर नगरपालिकामा ५४औं अन्तर्राष्ट्रिय साक्षारता दिवस राष्ट्रिय शिक्षा दिवस २०७७ परिसम्वाद कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा ५४औं अन्तर्राष्ट्रिय साक्षारता दिवस राष्ट्रिय शिक्षा दिवस २०७७ परिसम्वाद कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, भाद्र २४ ।साक्षरता र सामाजिक सचेतना कोभिड १९ को संकट र तत्पश्चातको सन्धर्भमा साक्षरता शिक्षण तथा सिकाइमा शिक्षार्थीको भूमिका भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ५४ औं अन्तर्राष्ट्रिय साक्षारता दिवस राष्ट्रिय शिक्षा दिवस २०७७ परिसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार नगरपालिकाको सभा हलमा नगरप्रमुख सन्तोष चालिसेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  राम प्रसाद आचार्य ,सामाजिक विकास समिति तथा वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, नगर प्रवक्ता एबम वडा  नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विजय प्रसाद आचार्य प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्याब्सन गोकर्णेश्वर अध्यक्ष मदन सुवेदी नगर, इसान अध्यक्ष राजकुमार श्रेष्ठ, निसान अध्यक्ष ओम प्रसाद ढकाल, शिक्षा समितिका शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत ब्यक्ति राम नारायण शाह, नगर शिक्षा समिति सदस्य इश्वर सापकोटा, चन्द्र प्रसाद पौडेल, दिपक सिंह भण्डारी ,श्री कृष्ण ज्योति, कृष्ण प्रसाद नेपाल, लगायत नगर शिक्षा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन शिक्षा युवा तथा खेलकुद शाखाका टेकेन्द्र ढकालले गरेका थिए ।

कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विजय प्रसाद आचार्यले स्वागत मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकालाइ साक्षर नगरपालिका घोषणाको अन्तिम तयारीमा रहेको बताएका थिए। उनले पुर्ण साक्षर घोषणा गर्ने लक्ष्य अनुसार नगरपालिकालाई पूर्ण साक्षर बनाउन साक्षरता अभियान संचालन गरिएको र कोरोना भाइरसको जोखिम बढेकाले साक्षरता अभियान चलाउन कठिनाइ भएको जानकारी गराए  ।

कोभिडको कारणले गर्दा साक्षर नगर घोषणा गर्ने कार्यक्रम केहि पछि सारिएको पनि उनले  बताए  उनले ५४ औ साक्षरता दिवसको अवसरमा नगर स्तरीय अनलाइन कथा निबन्ध एबम कविता लेखन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराउदै कथाललाई ७ सय शब्द मा नबढाई कुनै स्वतन्त्र बिषयमा  २०७७ भाद्र मसान्त सम्म पठाउनु पर्ने जानकारी गराए। त्यस्तै उनले कबिता २ सय शब्दमा नबढाई बागमती सभ्यता ,हाम्रो गोकर्णेश्वर र गोकर्णेश्वरको विकासको आधार पर्यटन शिर्षकमा भाद्र मसान्त सम्म पठाउनु पर्ने बताए। त्यस्तै निबन्ध एक हजार शब्दमा नबढाई शैक्षिक केन्द्रका रुपमा गोकर्णेश्वर र धार्मिक पर्यटकीय दृष्टिकोणले गोकर्णेश्वर शिर्षकमा भाद्र मसान्त सम्म पठाउनु पर्ने बताए। उनले उनले प्रतियोगिताउत्कृष्ट ठहरिएका शिक्षक एबम बिद्यार्थीहरुका लागि प्रथम दितीय तृतीय र सान्त्वना समेत गरि छुट्टा छुट्टै  रचनाहरुका लागि क्रमश ७ हजार, ५ हजार ,तीन हजार या १५ सय सहित प्रमाणपत्र उपलब्ध गराइने बताए ।उनले नगरस्तरीय अनलाइन कथा निबन्ध एबम कविता लाइ नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा को इमेल gokarneshwor.shikshya2019gmail.com मा पठाउन पनि अनुरोध गरेका थिए ।

कार्यक्रममा गोकर्णेश्वर प्याब्सन नगर अध्यक्ष मदन सुवेदी नगर शिक्षा समितिका सदस्य कृष्ण प्रसाद नेपाल लगायतले  अन्धकारबाट उज्यालो यात्रामा दिशा निर्देश गर्ने स्वयम् शिक्षकहरु नै महामारिको साथसाथै  अन्धकार भबिष्यसंग जुदिरहेको बताए ।  उनले कोरोना महामारी संगै जुद्दै बिद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिन निजि तथा सामुदायिक बिद्यालयहरुले शिक्षा मन्त्रालयको निर्देशन अनुसार काम गरिरहेको बताएका थिए ।संस्थागत बिध्यालयहरुले अनलाइन कक्षा संचालन गरे पनि सबै सामुदायिक बिध्यालयमा त्यसको पहुच नभएकोमा चिन्ता ब्यक्त गर्दै सबै जना एक जुट भएर कोरोना महामारीलाइ नियन्त्रण तथा रोकथाम गर्नु पर्नेमा जोड दिएका थिए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, ,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य ,लगायतले अबको शिक्षा र शिक्षकहरुको भूमिकाको बिषयमा चर्चा गरेका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले कोरोना महामारीको बेलामा शिक्षकहरुले खेलेको भूमिकाको प्रसंशा गर्दै सामुदायिक तथा संस्थागत बिध्यालयहरुले सामना गरेका चुनौतीहरुलाई नगरपालिकाले सके सम्म सम्बोधन गर्ने  प्रयास गर्ने  बताएका थिए। उनले गोकर्णेश्वर नगरपालिकाले कोरोना मुक्त नगर बनाउन प्रयास गर्दा गर्दै पनि कोरोना संक्रमित भेटिएकोमा चिन्ता ब्यक्त गर्दै आम नगरबासीलाइ स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न  अनुरोध गरेका थिए ।

उनले कोरोना महामारी कहिले सम्म जाने थाहा नभएको हुँदा बिद्यार्थीहरुलाई शिक्षा बाट बन्चित हुन् नपरोस भनेर शिक्षकहरुले बैकल्पिक माध्यम बाट पढाइ सुचारु राखेकोमा धन्यवाद दिएका थिए ।उनले भाद्र २३ गते सम्म गोकर्णेश्वर नगरपालिकामा कोरोनाको संक्रमण अवस्थाको बारेमा समेत जानकारी गराउदै नगरपालिका भित्र १७६ जना संक्रमित रहेको जानकारी गराए। उनले त्यस मध्ये ७३ जनाले कोरोना जितेको र एक जनाको दुखद निधन भएको जानकारी गराए। उनले कोरोना संक्रमण दिनदिनै बढ्दै जाँदा कन्ट्याक्ट  ट्रेसिंगको काम पनि द्रुत गतिमा अघि बढाइएको बताए।  उनले नगरपालिकाले नेपाल मेडिकल कलेजमा सय बेड को आइसोलेसन केन्द्र निर्माण गरिएको र शहिद पार्कमा ७५ बेड सम्मको आइसोलेसन निर्माण गरिएको पनि जानकारी गराए ।

उनले कोरोना संक्रमितहरुकै लागि भनेर छुट्टै एम्बुलेन्स सेवा पनि सुचारु गरिएको जानकारी गराए। उनले  उनले गोकर्णेश्वर नगरपालिकामा कन्ट्याक्ट ट्रेसिंग गर्दा रिपोर्ट पोजेटिभ आएकाहरुको लापरबाहीले  गर्दा समेत कोरोना संक्रमण बढेको बताए  उनले सचेतना जगाउन थप आवश्यक रहेको भन्दै त्यसमा शिक्षकहरुको ठुलो भूमिका हुने  बताउदै शिक्षकहरुलाई समेत कोरोना सचेतना जगाउने काममा लाग्न अनुरोध गरेका थिए । उनले गोकर्णेश्वर नगरपालिकालाइ पूर्ण साक्षर  नगर घोषणा गर्ने अन्तिम तयारी भइरहदा कोरोना महामारीको कारण समस्या भएको बताउदै   औपचारिक कार्यक्रम आयोजना गरि सो घोषणा गर्ने तयारी नगरपालिकाले गरेको समेत बताए ।

तपाइँको प्रतिक्रिया ।