नेकपा र कांग्रेसको बिज्ञप्ति युद्धको केन्द्रमा बरुणेश्वर मावी ओखलढुंगाका हेडसर

नेकपा र कांग्रेसको बिज्ञप्ति युद्धको केन्द्रमा बरुणेश्वर मावी ओखलढुंगाका हेडसर

कपन अनलाइन

ओखलढुंगा ,भाद्र २३।

ओखलढुंगा जिल्लामा हिजो देखि बरुणेश्वर मावी ओखलढुंगाका हेडसरको विषयलाई लिएर विज्ञप्ति युद्ध चर्किएको छ। कुनै सानोतिनो घटना वा कुनै पनि आफुलाई मननपर्ने कुरा हुने वित्तिकै विज्ञप्ति निकाली हाल्ने ओखलढुंगाको रोगले प्रेरित भएर फेरी सो  मावीका प्रधानाध्यापक कुल प्रसाद खतिवडाले सहभागिता जनाएको एक कार्यक्रमको फोटो र सन्दर्भ जोडेर विज्ञप्तिको बाढी लागेको छ।

उक्त विद्यालयका प्रधानाध्यापक खतिवडाले मोलुंग गाउँ पालिका वडा नं ४ मा भएको नेकपाको  पार्टी प्रवेस   कार्यक्रममा नव प्रवेसीहरुलाई अविर माला लगाएको फोटो सावर्जनिक भए संगै नेपाल विद्यार्थी संघ मोलुंग -४ ले बिज्ञप्ति निकालेर त्यस कार्यको विरोध गरेको थियो।

हेर्नुहोस विज्ञप्ति :

यो विज्ञप्तिको प्रकासन संगै ओखलढुंगा जिल्लाका कनिस्ट देखि बरिस्ट सबैका सामाजिक संजालका भित्ताहरुमा खतिवडाको पक्ष र विपक्षमा प्रतिक्रियाहरु आए संगै त्यसमा थप बल दिन नेपाल विद्यार्थी संघ ओखलढुंगा मिसिएको थियो र त्यसका लागि त्यो संगठनले पनि विज्ञप्तिकै सहारा लिएको थियो ।

हेर्नुहोस विज्ञप्ति :

अव यसरि वारम्बार नेपाल विद्यार्थी संघ बाट बिज्ञप्तिको बाढी आउन थालेपछि नेकपा पनि चुप लागेर बस्ने कुरै भएन किनकि ओखलढुंगाको सतही राजनीतिक अभ्यासले त्यो पटक्कै दिने कुरा भएन । नेकपा मोलुंग -४ ले पनि विज्ञप्ति निकाल्दै सबैका कर्तुतका पोका फुकाउने चेतावनी दियो :

हेर्नुहोस विज्ञप्ति :

यसरि विज्ञप्तिको बाढीमा बगेका न्युनतम राजनीति र नैतिकताका अवसेष हेर्दै चटकेहरु नचाएर निकै रमाउदै गरेका यज्ञराज सुनुवार, रामहरी खतिवडा ,प्रदिप सुनुवार ,मोहन खड्का ,अम्बिर गुरुङ ,किशोर अधिकारी,बाल कृष्ण दाहाल ,बालकृष्ण ढुंगेल जस्ता मदारीहरु लाई लाजले मुख छोपिरहेका ओखलढुंगाका जनताले प्रश्न गरिरहेका छन।

के आरोप प्रत्यारोप र व्यक्तित्व क्षेयिकरण नै नै तपाईहरुको राजनीतिको जग यति कमजोर छ  ? 

तपाइँको प्रतिक्रिया ।